गृहपृष्ठ ∕ समाचार ∕ बाह्रविसेमा कर्फ्यू जारी बाह्रविसेमा कर्फ्यू जारी Sindhu Khabar माघ ५, २०७६ गते ८:११ मा प्रकाशित बाह्रविसे, ५ पुस । बाह्रविसे नगरपालिका वडा नं ४ स्थित बजारमा सडक अतिक्रमण गरी निर्माण गरिएका घर टहराहरु भत्काउन सुरु गरेपछि स्थानीयले विरोध गरेसँगै कर्फ्यू जारी गरिएको छ । शुक्रबारबाट घरटहरा भत्काउन सुरु गरेपछि शनिबार स्थानीयले नाराजुलुश गरेपछि निशेधाज्ञा जारी गरिएको हो । शनिबार बजार क्षेत्रमा नारा जुलुस गरी नगरपालिकाको कार्यालयमा तालाबन्दी एवं केही गमला समेत तोडफोड भएको थियो । आज हुलदङ्गा र अशान्ति हुन सक्ने सम्भावना देखिएकोले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को (३.क) बमोजिम निशेधाज्ञा जारी गरिएको जिल्ला प्रहरी प्रमुख एसपी प्रज्ववल महर्जनले जानकारी दिए । उनकाअनुसार आज विहान ८ बजेबाट बेलुकी ५ बजेसम्मका लागि अर्को व्यवस्था नभए सम्मका लागि देहायका चार किल्ला भित्र हुलदङ्गा वा अशान्ति गर्ने उदेश्यले एकै ठाउँमा पाँच जना भन्दा बढी मानिस भेला जम्मा हुन नपाउने गरी आदेश जारी गरिएको छ । बाह्रविसे बजारबाट पूर्वमा ३०० मिट, पश्चिममा, भोटेकोशी खोला, उत्तरमा ईलाका प्रहरी कार्यालय, बाह्रविसे न.पा. ४ र दक्षिणमा बाह्रविसे बजारबाट पिस्कररक्षमादेवी जानेबाटोको सुनकोशी चोक सम्म निशेधाज्ञा जारी गरिएको हो । क्याटेगोरी : समाचार ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ७ चैतमा पत्रकार महासंघकाे निर्वाचन, सिन्धुपाल्चोकबाट ९४ ले मतदान गर्ने दसकअघिदेखिको चौतारा घेर्ने रिङरोड निर्माण अझै अपुरो पानी पठाएर गरियो मेलम्चीको सुरुङ परीक्षण अबरुद्ध सुनकोशी पुल निर्माण कार्य तत्काल सुचारु गर्न दबाब धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे