Techie IT
Wednesday, October 28,2020 / मंगलबार, कात्तिक ११, २०७७
×
गृहपृष्ठसमाचारबाह्रविसे नगरपालिका कार्यालयमा ताला

बाह्रविसे नगरपालिका कार्यालयमा ताला


बाह्रविसे, ४ माघ ।
बाह्रविसे बजारमा सडक अतिक्रमण गरि बनाइएका घर टहरा नगरपालिकाले भत्काउँन सुरु गरेछि स्थानियले बिरोध गरेका छन् । आज नगरपालिका कार्यलयमा ताला लगाएर स्थानीयले विरोध जनाएका हुन् ।

बाह्रविसे नगरपालिकाले डोजरको प्रयोग गरेर अतिक्रमण गरेर बनाएका बजारका घर टहरा हिजोेबाट भत्काउन सुरु गरेको थियो । स्थानीयले अवरोध गर्न खोजेपछि हिजो त्यहा झडपको अवस्था समेत आएको हो ।

यसअघि नगरपालिकाले भत्काउनु भन्ने पटक पटक सार्वजनिक सूचना जारी गर्दासमेत स्थानीले घर टहरा नहटाएका डोजर प्रयोग गरिएको नगरपालिकाले जनाएको छ । बजार कुरुप देखिने र सडक साँघुरो हुँदा दुर्घटना हुन सक्ने सम्भावित भएकाले अतिक्रमण गरेर बनाइएका घर टहरा हटाइएको नगरपालिकाले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस