Techie IT
Tuesday, December 1,2020 / मंगलबार, मंसीर १६, २०७७
×
गृहपृष्ठसमाचारसिन्धुपाल्चोकका हिमाली गाउँमा हिमपात, चिसोले जनजीवन प्रभावित

सिन्धुपाल्चोकका हिमाली गाउँमा हिमपात, चिसोले जनजीवन प्रभावित


चौतारा, ३ माघ ।
लगातार परेको सामान्य वर्षाका कारण सिन्धुपाल्चोकमा चिसो बढेको छ । वर्षाका कारण उच्च हिमाली भेगमा हिमपात समेत भएको स्थानीयको भनाई छ ।
वर्षासँगै चिसो बढेपछि सदरमुकाम चौतारालगायत प्रमुख व्यापारिक बजारसहित जिल्लैभर स्थानीयवासी आगो तापेर बसेका छन् । सदरमुकामसहित प्रमुख बजारलाई हुस्सुले ढाकेको छ । चिसोले जनजीवन प्रभावित भएको छ । गाउँगाउँमा रहेका विरामीलाई सकस उत्पन्न समेत भएको स्थानीय बताउँछन् ।
सिन्धुपाल्चोक हिमाली जिल्ला भएकाले उच्च भेगमा हिमपात भएको छ । जिल्लाको गोल्चे, गुम्बा, हेलम्बु, भोताङलगायत साविकका गाविसमा उच्च भेगमा हिउँ जमेको छ । गोल्चेका अनिल शेर्पाका अनुसार हिमपातसँगै चरम चिसोले जनजीवन थप कष्टकर भएको छ । जुगल हिमालको सम्मुख पर्ने गाउँहरुमा सिरेटो चल्दा चिसो धेरै बढेकाले समस्या उन्पन्न भएको उनले जानकारी दिए । साविक सेलाङ गाविस पर्ने खस्रेसम्म यही रफ्तारमा चिसो हुने र वर्षा भइरहने हो भने आजको रातमा पूरै भूभाग हिउँले सेताम्मे हुने उनले बताए ।
त्यस्तै भोताङको पाँचपोखरी क्षेत्र, हेलम्बुको सिमिसिदाङ, आमायांग्री, सेर्माथान्लगायतलाई हिउँले ढाकिसकेको स्थानीय बताउँछन् । हेलम्बुको सेर्माथाङ, मेलम्चीघ्याङ क्षेत्रमा चरम चिसोले जनजीव्न प्रभावित भएको छ । सदरमुकाम चौतारामा बिहानदेखि नै आगो बालेर आफूलाई न्यानो स्थानीयले गराइरहेका छन् । जिल्लाको मुडे, गुम्बाको तेम्बाथानमा समेत हिउँ परेको स्थानीयको भनाई छ । सेर्माथानका गोपाल लामाका अनुसार रातिदेखि नै हिमपात सुरु भएकाले जनजीवन प्रभावित बनेको छ ।
भूकम्पपछि विभिन्न गाउँबाट विस्थपित भइ बाँसखर्क आएकाहरु सिरेटोको मारमा छन् । सिन्धुपाल्चोकसँगै काठमाडौं उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महशुस गरिएको छ भने देशभर चिसो बढेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस