शनिबार, असोज ६, २०८०
गृहपृष्ठसमाचारतीन विद्यार्थीलाई सिन्धु प्याब्सन मेधावी पदक

तीन विद्यार्थीलाई सिन्धु प्याब्सन मेधावी पदक


मेलम्ची, २९ पुस ।
मेलम्चीका स्थानीय युवा शिव सुनारको सडक दुर्घटनामा परी मृत्यु भएको दुखद खबर पश्चात कुनै पनि मनोरन्जनात्मक कार्यक्रम नगरी निजी तथा आवासीय बिद्यालय अर्गनाइजेशन नेपाल सिन्धुपाल्चोकको बिद्यार्थी तथा बिद्यालय सम्मान कार्यक्रम आज मेलम्चीमा सम्पन्न भएको छ ।
एस.ई.ई परीक्षा २०७५ मा सहभागि भई जिल्लामै सर्बोत्कृष्ट अंक ल्याई उत्कृष्ट हुने छात्र, छात्रा तथा बिद्यालयलाई प्याब्सन सिन्धुपाल्चोकले नगद सहित सिन्धु प्याब्सन मेधावि पदकबाट सम्मानित गरेको हो । सम्मानित हुनेहरुमा संयुक्त रुपमा छात्र तर्फ मेलम्ची कम्युनिटि सेकेन्डरी इङलिस स्कुलका बिजय ठाकुर र सदाबहार एकेडेमी खाडिचौरका सबिन श्रेष्ठ तथा छात्रा तर्फ प्रगति अग्रेजी मा.बि मेलम्चीका सन्ध्या पुरी रहेका छन् । कार्यक्रमका प्रमुख अतिथि केन्द्रिय प्याब्सनका बरिष्ठ उपाध्यक्ष एवंम संचारकर्मी राजेन्द्र बानियाँले मेलम्चीका स्थानीय युवा को दुर्घटनामा परी मृत्यु भएकोमा दुख ब्यक्त गर्दै बिद्यार्थीहरुले अनुशासनमा बसेर अध्ययन गरेमा सफल बन्न सकिनेमा उदारहण सहित मन्तब्य राखे ।
यस्तै बिशेष अतिथि मेलम्ची नगरपालिकाका उप प्रमुख भगवति नेपालले निजी बिद्यालयहरुले शिक्षामा गरेको ठुलो लगानीले राष्ट्र शैक्षिक सम्बृद्धिमा अघि बढेको बताए । निजी बिद्यालयहरुले सुबिधा सम्पन्न भवन संगै शैक्षिक सुधारमा पनि लागि परेकाले प्रंशसा गर्दै आगामि बर्षहरुमा थप सफलताको पनि शुभकामना ब्यक्त गर्नुभयो । निजी तथा आवासीय बिद्यालय अर्गनाइजेशन नेपाल सिन्धुपाल्चोकका अध्यक्ष दुर्गा थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सन नेपालका केन्द्रिय उपमहासचिब आर. बि. कटुवाल तथा प्याब्सन सिन्धुपाल्चोकका सचिब ओम प्रकाश उप्रेतिले शुभकामना तथा स्वागत मन्तब्य राखेका थिए । कार्यक्रमको संचालन प्याब्सन सिन्धुपाल्चोकका सह सचिब बुद्धि प्रसाद आचार्यले गरेका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!