गृहपृष्ठ ∕ समाचार ∕ चौतारा–१४ काठको पोलमुक्त हुँदै चौतारा–१४ काठको पोलमुक्त हुँदै Sindhu Khabar पुस २९, २०७६ गते १४:१८ मा प्रकाशित चौतारा, २९ पुस । चौतारा सांगाचोकगढी नगरपालिकाको १४ नम्बर वडा सबैभन्दा पहिलो काठको पोलमुक्त वडा घोषणा हुने भएको छ । सबै स्थानमा फलामको पोल जडान सम्पन्न भएसंगै माघको ३ गते एक औपचारिक कार्यक्रम गरी काठको पोलमुक्त वडा घोषण गरिने अध्यक्ष शेरबहादुर श्रेष्ठले बताए । १४ नम्बर वडा कार्यलयमा विहान ८ बजे नगरका मेयर अमान सिंह तामाङले काठको पोलमुक्त वडा घोषणागर्ने तयारी छ । काठको पोलका कारण करेन्ट लागेर गाउँ–गाउँमा मृत्यु हुने समस्या बढेपछि चौतारा सांगाचोकगढी नगरपालिकाले काठका पोल मुक्त अभियाननै सुरु गरेको थियो । नगरपालिकालाई काठको पोलमुक्त पार्नका लागि जनप्रतिनिधिहरुले निर्वाचित भए देखिनै यो अभियानले तिव्रता दिएका थिए । काठका पोल ढल्ने, लच्कने, मक्किएर तारसमेत लत्रनेलगायतका समस्या कारण नै काठको पोल मुक्त अभियान सुरु भएको थियो । काठको पोल मुक्त अभियान सुरु भएपछि फलाम र सिमेन्टका विद्युतका पोल गाउँ–गाउँमा र्पुयाइएको थियो । अहिले नगरपालिकाको सबै वडालाई काठको पोलमुक्त बनाउँन त्यसको काम भइरहेको छ । तार र पोलहरु धेरै असरल्ल भएकाले अलिक कठिन भइरहेको छ। ऋभियान सुरु भएपछि नगरपालिकाले डेढ करोड रुपैयाँको फलामको पोल खरीद समेत गरेको थियो। क्याटेगोरी : समाचार, समाज तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चार हप्तापछि मेलम्ची सुरुङमा पानी हाल्न सकिने चुनाव तयारीमा हाेमियाे निर्वाचन कार्यालय इन्द्रावतीका कार्यालय सहयोगीले गरे आत्महत्या सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ३यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ४चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ५उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ६चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ७महिनाकै सर्वोत्कृष्ट प्रदेश प्रहरीमा बाह्रबिसेका इन्स्पेक्टर शाह ८नेकपा फुटको असर सिन्धुका पत्रकारमा पनि, को कता ?