नेपाल राहत शिक्षक संघ सिन्धुपाल्चोकमा नयाँ समिति

चौतारा, २७ पुस ।
नेपाल राहत शिक्षक सिन्धुपाल्चोकको ५ औं जिल्ला सम्मेलनबाट नयाँ समिति चयन गरिएको छ । मोहनप्रसाद सापकोटाको अध्यक्षतामा हाललाई १५ कार्यसमिति चयन गरिएको हो ।
चौतारामा गरिएको भेलाले समितिको सहअध्यक्षमा भक्तबहादुर लामा, उप अध्यक्षमा खगेन्द्र हमाल, उपाध्यक्षमा दयाराम कुसुरी र लक्ष्मी पौडेल रहेका छन् । त्यस्तै सचिवमा राजेन्द्र सापकोटा, सहसचिवमा नरबहादुर श्रेष्ठ, कोषाध्यक्षमा निरव ढकाल र सह कोषाध्यक्षमा सुस्मिता भण्डारी चयन भए ।
समितिको सदस्यहरुमा गुणकेशरी श्रेष्ठ, बमबहाद्र तामाड, कृष्णमाया मोक्तान, महेश सागर श्रेष्ठ, बुद्धलक्ष्मी नकर्मी र गोमा आचार्य रहेका छन् ।
राहत शिक्षक केन्द्रिय समितिका महासचिव कुमार बजगाई, केन्द्रिय उप महसचिब डम्बर राईको उपस्थितिमा नयाँ कार्यसमिति चयन गरिएको हो ।
क्याटेगोरी : समाचार, समाज
तपाईको प्रतिक्रिया दिनुहोस