निःशुल्क पढाउन असहाय बच्चा दाबीका लागि सूचना जारी

काठमाण्डौं, २६ पुस ।
अमेरिकामा रहेको सिन्धु सोसाइटी अमेरिकाले असहाय बालबच्चा निःशुल्क अध्ययन गराउनका लागि दाबी गर्न सूचना जारी गरेको छ । जिल्लामा रहेका अनाथ, असहाय तथा गरिब जेहेन्दार विद्यार्थीलर्ई उच्च शिक्षा दिलाउनका लागि सूचना जारी गरिएको हो ।
प्रमाण पुग्ने आवश्यक कागजातसहित स्पोन्सर दाबी गर्न संस्थाले आव्हान गरेको छ । संस्थाका महासचिव पेमाडेण्डि शेर्पाका अनुसार ,जन्म दर्ताको प्रमाणपत्र, अभिभावक नभएको र आर्थिक अवस्था कमजोर भएको प्रमाणित, मृतक अभिभावकको मृत्यु दर्ताको प्रमाणपत्र, सम्बन्धित बच्चालाई चिन्ने दुईजना छिमेकी या आफन्त नेपाल या अमेरिकामा भएका व्यक्तिहरूको पत्र सलग् गराउनुपर्ने छ ।
झुटा कागज र बयानहरु पेश गरिएको खण्डमा निज बच्चाले पाएको सुविधा कटौती र निज बच्चालाई लागेको संस्थाको सम्पूर्ण खर्चको भरपाई बच्चाको पक्षबाट संस्थालाई पत्र बुझाउने सम्बन्धित व्यक्तिहरूले जिम्मेवारी लिनुपर्ने उनले बताए । सम्पूर्ण कागज संस्थाको sindhuusa2010@gmail.com इमेलमार्फत पठाउन सकिने छ ।
असहाय विद्यार्थी पढाउनका लागि संस्थाले गएको तिहारमा दिपावली साँझ भव्यताका साथ सम्पन्न गरेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस