Techie IT
Tuesday, October 27,2020 / मंगलबार, कात्तिक ११, २०७७
×
गृहपृष्ठकला / मनोरञ्जनशब्द सारथिमा कवि बस्याल सम्मानित

शब्द सारथिमा कवि बस्याल सम्मानित


चौतारा, २५ पुस ।
सिन्धुपाल्चोकमा हरेक साताको शुक्रबार हुने सुन्ने सुनाउने शृंखलामा शब्द सारथिमा नवलपरासीका कवि सम्मानित भएका छन् । सारथिको ६७ औं शृंखलामा नवलपरासी घर भई हाल चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यभार सम्हाल्नु भएका इन्द्रप्रसाद बस्याल सम्मानित भएका हुन् ।कर्मचारीको रुपमा सिन्धुपाल्चोक आइपुगेका उनलाई शब्द सारथि र दुःखी प्रकाशनले सयूक्त रुपमा सम्मान गरेको हो । उनलाई शब्द सारथिका अध्यक्ष अमित घिमिरे र दुःखी प्रकशनका अध्यक्ष सुरेश कसजूले सयूक्त रुपमा सम्मान पत्र प्रदान गरे । साथै चौतारा साँगाचोकगढी नगरपालिका ५ का अध्यक्ष नरमान श्रेष्ठ र वडा नं. १३ का अध्यक्ष रामप्रसाद गौत्मले खादा तथा दोसल्ला ओडाएका थिए ।

उनको अहिले यहाँबाट सरुवा भइसकेको छ । यहाँ रहँदा सिन्धुको साहित्यलाई विभिन्न माध्यमबाट सहयोग गरेका कारण सिन्धु साहित्यलाई उचाईंमा पुरयाउन योगदान गरेको भन्दै सम्मान गरिएको शब्द सारथिका अध्यक्ष अमित घिमिरेले जानकारी दिए ।
बस्यालको पहल तथा विविध सहयोगमा जिल्लामा साहित्यिक कार्यक्रमहरु गरिएको थियो । उनले आफू यहाँबाट गएपनि भावनात्मक रुपमा नजिक रहने बताए । शब्द सारथिका अन्य कार्यक्रमहरुका लागि आफूबाट सक्दो सहयोग गर्ने उनको भनााई थियो । शब्द सारथिको ६७ औं शृंखलामा विभिन्न कविहरुले आफ्ना रचनान प्रस्तुत गरेका थिए ।


क्याटेगोरी : कला / मनोरञ्जन, समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस