गृहपृष्ठ ∕ समाचार ∕ आफ्नै साथीको हत्यामा संलग्न ७ पक्राउ आफ्नै साथीको हत्यामा संलग्न ७ पक्राउ Sindhu Khabar पुस २४, २०७६ गते १८:१३ मा प्रकाशित चौतारा, २४ पुस । सँगै काम गर्ने एक व्यक्तिको हत्यामा संलग्न ७ जना पक्राउ परेका छन् । भारत बिहार घर भई जिल्ला पर्सा पोखरीया न.पा. ८ का ३७ बर्षिय राजकुमार मुखियाको हत्यामा संलग्नहरुलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार पर्सा जिल्ला बिरगंज महानगरपालिकाका रानीघाटका प्रेम यादव, सोही स्थानका भोला माझी साह, राजेश मेष्तर, राजन साह, अशोक साह, पर्सा बहुअरी गा.पा. बिनोद पासवान, रुपन्देही जिल्ला तिलोत्तमा न.पा.का सन्तोष थापा मगर पक्राउ परेका हुन् । उनीहरुले पुस ६ गते रातको समयमा साथीको हत्या गरेका थिए । ६ गते हत्या भएपनि शव १६ गते फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधवप्रसाद काफ्लेका अनुसार इन्द्रावती गाउँपालिका ५ लामोटोलमा एक व्यक्तिको घर ढलान गर्न उनीहरु आएका थिए । संगै काम गरेर राती मादक पदार्थ सेवन गरेपछि वादविवाद हुँदा हत्या भएको काफ्लेले जानकारी दिए । हत्या भएको १० दिनपछि शव बेबारिसे अवस्थामा मेलम्ची नगरपालिका वडा नं. १० चप्लेटी पाखो बागमारा स्थित सडकबाट अन्दाजी ५० मिटर तल खोलामा फेला परेको थियो । ढलानको काम सकेर ना. ७ त. २०९५ नं. को ट्रयाक्टरमा चढी मेलम्ची तर्फ फर्कने क्रममा वादविवाद, कुटपिट गरी घाईते बनाई छाडी भागी गएकोमा भोलिपल्ट ठेकेदार समिर मियाँ समेतको मिलेमतोमा अचेत अवस्थामा रहेका घाईते राजकुमार मुखियालाई ट्याक्टरमा राखी मेलम्ची तर्फ लाँदै गर्दा चप्लेटी पाखोमा मुखियाको मृत्यु भए पश्चात शवलार्ई सोही पाखोबाट अभियुक्तहरुले फालेका थिए । ठेकेदार मियाँ अझै फरार छन् । शव फालेर भागी फरार रहेको प्रतिवादीहरुको ई.प्र.का. मेलम्चीका प्र.नि. फल बहादुर तामाङको टोलीले खोजतलास गर्दै जाने क्रममा भोला माझी साह, राजेश मेष्तर, राजन साह, अशोक साह, बिनोद पासवान, सन्तोष थापा मगरलाई पुस १७ गते मेलम्ची न.पा. वडा नं.१३ फटकशिला स्थितमा लुकिछिपि हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको हो । मुख्य अभियुक्त प्रेम यादवलाई जिल्ला प्रहरी कार्यालय पर्सासँग समन्वय गरी पुस २२ गते बिरगंज महानगरपालिका वडा नं. १५ स्थित नेश्नल मेडिकल कलेज शिक्षण अस्पताल परिसरबाट पक्राउ गरी सिन्धुपाल्चोक जिल्ला अदालतबाट म्याद अनुमती लिई अनुसन्धान कार्य अघि बढाईएको डिएसपी काफ्ले जानकारी दिए । क्याटेगोरी : समाचार ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ७ चैतमा पत्रकार महासंघकाे निर्वाचन, सिन्धुपाल्चोकबाट ९४ ले मतदान गर्ने दसकअघिदेखिको चौतारा घेर्ने रिङरोड निर्माण अझै अपुरो पानी पठाएर गरियो मेलम्चीको सुरुङ परीक्षण अबरुद्ध सुनकोशी पुल निर्माण कार्य तत्काल सुचारु गर्न दबाब धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे