सामुदायिक वनका पहिलो अभियान्ता भण्डारीको यसरी गरियो अन्तिम बिदाइ

काठमाडौं, २३ पुस ।
सामुदायिक वनका पहिलो अभियान्ता तथा जिल्ला विकास समितिका पूर्वसभापति एवं विश्व हिन्दु महासंघका अध्यक्ष नीलप्रसाद भण्डारीको पशुपति आर्यघाटमा आज अन्तिम बिदाइ गरिएको छ । बिहान सवा ४ बजे आफ्नै निवास कोटेश्वरमा निधन भएका भण्डारीको पार्थिव शरीरमा उनका छोराहरु उत्तम र गौतमले दागबत्ती दिएका थिए । यस अघि उहा“को पार्थिव शरीरलाई कोटेश्वरस्थिर विश्व हिन्दुको सम्पर्क कार्यालय हातामा राखेर श्रद्धाञ्जली दिइएको थियो । त्यसपछि आर्यघाटमा दिइएको श्रद्धाञ्जलीमा मुलुकका विभिन्न क्षेत्रमा ख्याति कमाएका व्यक्तित्व र सयौं सर्वसाधारणको उपस्थिति थियो । भण्डारीलाई सरकारको तर्फबाट वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले कोटेश्वर निवासमै श्रद्धाञ्जली अर्पण गरेका थिए ।
नेकपाका केन्द्रीय सदस्य तथा सांसद अग्नीप्रसाद सापकोटा, राप्रपा अध्यक्ष एवं पूर्वमन्त्री पशुपति शम्सेर राणा, पूर्वमन्त्री तथा कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, पूर्वमन्त्री सुनील थापा, पूर्वसहायक मन्त्री दिनबन्धु आर्याल, नेपाली सेनाका पूर्वप्रमुख रुकमाङ्गद कटवाल, विश्व हिन्दु महासंघका पदाधिकारीहरु, जिल्लाका विभिन्न दलका नेताहरु, स्थानीय जनप्रतिनिधि, धार्मिक तथा सामाजिक संघसस्था, सञ्चारकर्मी, कलाकार, व्यवसायी र सर्वसाधारणले श्रद्धाञ्जली अर्पण गरेका थिए । सुनकोशी गाउ“पालिका ठोकर्पाका भण्डारी सामुदायिक वनका पहिलो अभियान्ता हुन् । उनलाई सामुायिक वनका जन्मदता पनि भनिन्छ । उनले २०२९ सालमा ठोकर्पाबाट जनताले आफैं जंगल जोगाउन सक्छन् भन्ने अवधारणाको शुरुवात गराएका थिए । सरकारले बन्दुक देखाएर मात्र वन जोगाउन सक्दैन त्यसमा जनसमर्थन चाहिन्छ भन्ने नया“ अवधारणा अहिले मुलुकभर सफल ढंगले लागू भइरहेको छ । उनकै अवधारण अनुसार वन विकास, संरक्षण, प्रवद्र्धन र उपयोग हु“दै आएको छ । सिन्धुपाल्चोकका तत्कालिन वन अधिकृत तेजबहादुर महतले भण्डारीको अभियानमा सघाएका थिए । भण्डारीको अवधारणालाई विश्वले अनुकरण गरिरहेको छ ।
दुई पटक प्रधानपञ्च, गाउ“फर्क अभियानको सचिवलगायतका पदमा रहेर उनले सामाजिक काममा अग्रणी भूमिका निर्वाह गरेका थिए । उनले २०३१ सालमा सुकुटेस्थित सुनकोशीमा झोलुंगे पल बनाएका थिए । त्यसैगरी गाउ“मा विद्यालय स्थापना, खानेपानी, सडकलायतका विकासको अगुवाको भूमिका निर्वाह गरेका थिए । २०५९ सालबाट शुरु भएको राजनीतिक घटनामा उनी दुई पटक जिल्ला विकास समिति सिन्धुपाल्चोको सभापति भएका थिए । उनलाई गणतान्त्रिक सरकारले सामुदायिक वनको अभियान्ता घोषणा गरेको थियो । उनकै अगुवाईमा शुरु भएको सामुदायिक वनको अवलोकन गर्न तत्कालिन राजा विरेन्द्र २०४३ सालमा ठोकर्पा गएका थिए । हाल मुलुकभर १९ हजार सामुदायिक वन समूह छन् । त्यसका झण्डै १८ लाख वन उपभोक्ता संलग्न छन् ।
ठोकर्पाको नांगाडा“डाहरुमा उनकै अगुवाईमा वृक्षारोपण गरिएको थियो । फागुन–चैतमा रोपेको बिरुवामा गाउ“लेले गाग्रीमा पानी बोकेर हालेका थिए । सदरमुकामको गौरातीस्थित पात्लेपानी नर्सरीबाट डोकोमा बोकेर लगेको बिरुवा ठोकर्पामा रोपिएको थियो । पछि उनकै अगुवाईमा गाउ“मा नर्सरी स्थापना गरिएको थियो । उनको योगदानको कदर गर्दै सरकारी निकाय र विभिन्न संघसंस्थाले मानपदवी तथा सम्मान प्रदान गरेका थिए । उनी दोस्रो पटक महासंघको अध्यक्ष निर्वाचित भएका थिए ।
क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस