Techie IT
Wednesday, May 12,2021 / बुधबार, वैशाख २९, २०७८
×
गृहपृष्ठसमाचारसामुदायिक वनका अभियान्ताको निधन, पशुपति आर्यघाटमा अन्तिम श्रदान्जली

सामुदायिक वनका अभियान्ताको निधन, पशुपति आर्यघाटमा अन्तिम श्रदान्जली


सिन्धुपाल्चोकका सामाजिक अगुवा र सामुदायिक वनको संस्थापक अभियान्ता सुनकोशी गाउंपालिका ठोकर्पाका नीलप्रसाद भण्डारीको गएराती आफ्नै निवास कोटेश्वरमा निधन भएको छ । २०२९ सालमा प्रधानपञ्च हुंदा सुरक्षाकर्मी र तारबारवीना नै जनस्तरबाटै वन जोगाउन सकिन्छ भन्ने अवधारणाको स्थापित गर्न सफल ८२ वर्षिय भण्डारी पछिल्लो २ वर्षदेखि क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । लामो समय साविक ठोकर्पा पञ्चायतको प्रधानपञ्च, २०५९ सालको राजनीतिक घटनापछि दुई पटक जिल्ला विकास समितिको सभापति भएका उहां हाल विश्वहिन्दु महासंघको अध्यक्ष हुनुहुन्यो । उहांलाई सरकारले सामुदायिक वनको अभियान्ता घोषणा गरेको थियो । उनको अभियान विश्व मै चर्चिच छ । हाल मुलुकभर स्थापित सामुदायिक वनको सफल विकास उहांकै अवधारणा अनुसार भएको हो । उहांले आफू नेतृत्वमा रहंदा ठोकर्पालाई आदर्श गाउंपञ्चायत बनाउन सफलहुनुभएको थियो । उाहांले २०३१ सालमा सुकुटेमा झोलुंगे पुल, ठोकर्पामा कै विद्यालयहरुको स्थापनालगायत थुप्रै काम गर्नुभएको थियो । उहांकै पहलमा राजा विरेन्द्रले ठोकर्पा सामुदायिक वनको अवलोकन गनुभएको थियो । उहांले पछिल्लो समय ठोकर्पालाई सामुदयिक वनको अध्ययन केन्द्र बनाउनुपर्ने धारणा राख्दै आउनुभएको थियो । उहांको २ छोरा, ३ छोरी र श्रीमती छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस