बोलेरो दुर्घटनामा ७ घाइते, दुई गम्भीर

खाडीचौर, १९ पुस ।
सुनकोशी गाउँपालिका ७ स्थित छ किलोमा बोलेरो दुर्घटना हुँदा ७ घाइते भएका छन् । जिरी लामोसाँघु सडक खण्डमा काठमाण्डौबाट दोलखा तर्फ जादै गरेको ग २ च ६९६५ नम्बरको बोलेरो आफै अनियन्त्रित भई सडकबाट १२ मिटर तल खस्दा ७ घाइते भएका हुन् ।
घाईतेमध्ये उद्दार गरी उपचारको लागि सिन्धु सदाबाहर अस्पताल पठाएकोमा सामान्य उपचार पश्चात सिन्धु सदाबहार अस्पतालले २ जना घाईतेलाई बिर अस्पताल काठमाण्डौमा रिफर गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । अन्य ५ जना घाईतेहरु डिस्चार्च भएका छन । बोलेरोमा बाल बच्चा, चालक सहित १० जना यात्रु सवार रहेकोमा ७ जना घाईते भएका हुन् । चालक र अन्य २ जना सामान्य रहेका छन । चालक जिल्ला लम्जुङ राईनस न.पा वडा नं.७ धामीकुवा प्रदिप सेढाई प्रहरीको नियन्त्रणमा छन । घटनाको बारेमा थप अनुसन्धान कार्य जारी रहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस