Techie IT
Sunday, February 28,2021 / शनिबार, फागुन १५, २०७७
×
गृहपृष्ठसमाचारहिमाली गाउँवासी चिसोको मारमा

हिमाली गाउँवासी चिसोको मारमा


चौतारा, ४ पु्स ।
हेलम्बु,पाँचपोखरी र इन्द्रावती, जुगलको माख्लो भेगबासी हिउँदसँगै पिरोलिन थालेका छन् । हिउँले घेरिएर कैदीजस्तै बनेका मंगलवार हिउँले टहरा छपक्कै पारेपछि हेलम्बु १, झिचेनकी ६१ वर्षकी ल्हाक्पाडोल्मा ह्योल्मो टहराभित्रै ‘गोवा’ चुल्होमा आगो झोस्दै थिइन् ।
‘जब हिउँ पर्छ पिरलो यही हुन्छ, टहरा वरीपरी नै हिउँले ढाकेपछि चिस्यान केन्द्रजस्तै हुन्छ, बिरामी परिन्छ नआत्तिनु र । हिमालभर हिउँ भरिएसगै हिउँद मौसम टहराको चिसो कालजस्तै एकदमै कष्टकर बन्ने उनले सुनाइन् ।
हेलम्बु र रसुवाको बीचस्थित हिमाल ‘सिमिसिदाङ’मा हिउँ थपिएसगै हेलम्बुको पाकेडाडा, घ्याङुल,शेर्माथान् ,तार्केघ्याङ, मेलम्चीघ्याङ,शेर्माथानमा चिसो बढेको हो । मिलारेपा डुप्गाङसम्म हिउँ आएपछि हामीजस्ता बुढाबुढी र बालबालिका गाह्रो हुन्छ बिरामी परिहाल्छौ, हिउँले वरीपरी घेरेपछि उपचार गर्न कसरी जानु ?,’उनले प्रश्न गरिन् ।
हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाकाअनुसार २०४५ सालमा एकपटक मात्रै ६ फिट बाक्लो हिउँ परेको थियो । त्यसपछि लामो समय बाक्लो हिउँ परेको थिएन् । लाक्पादोर्जे हिमालको काख पाँचपोखरी र हेलम्बुको सीमाभेग ह्योल्मो देवी (धनकी देवी )आमायांग्री वरीपरीका गाउँ हिउले सेताम्मे हुने गरेकोे छ । भोटेकोसीको लिस्तीकोटको पाउगुम्बा, छगाम, बगाम, दुगुना, फुल्पिङकट्टीको यरमाला, तातोपानीको कोदारी , बाह्रबिसे नगरको कर्थली,त्रिपुरासुन्दरीको घोर्थलीसम्म हिउँ पर्ने गरेको स्थानीय बताउँछन् ।
चिसोको कारणले गर्दा बालबालिका र वृद्धवृद्धामा चिसोले गर्दा अनेक समस्या देखिन थालेको वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंले जानकारी दिए ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस