Techie IT
Thursday, December 3,2020 / बिहीबार, मंसीर १८, २०७७
×
गृहपृष्ठसमाचारअझै सञ्चालन भएन म्याग्नेसाइड उद्योग

अझै सञ्चालन भएन म्याग्नेसाइड उद्योग


लामोसाँघु, ३ पुस ।
बलेफी गाउँपालिकाको लामोसाँघुमा रहेको ओरिण्ड म्याग्नेसाइड कम्पनी ३४ वर्षदेखि थन्किएको छ । भारतीय ओरिसा ईण्डष्टिज, खेतान समूह नीजि क्षेत्र नेपालसँग सरकारको संयुक्त लगानीमा २०४० सालमा निर्माण भएको म्याग्नेसाइड कम्पनी हालसम्म सञ्चालनमा आउन सकेको छैन् ।
कम्पनीको कारखाना निर्माण सकेर परीक्षण उत्पादन कार्य थालिएको थियो । ‘सन्तोषजनक उत्पादन नभएपछि लामो समय परिक्षण गर्ने कार्य भयो,’ कार्यकारी निर्देशक दिनेशराज भट्टराईले भने, ‘डेढ वण्र्ट म्याग्नेसाइडको धेरै पटकको परीक्षणमा उत्पादन गर्दा अत्यधिक धुलो भित्र भइ बिक्रीयोग्य डिबिएम उत्पादन हुन सकेन् । ’ उनले धेरै पटकको परिक्षण गर्दा समेत योग्य डिबिएम उत्पादन हुन् नसकेपछि कम्पनी बन्द भएको सुनाए ।
२०५० सालमा पुजीवृद्धी गरी कम्पनीले ५० करोड बनाएको विषयमा शेयर लगानीकर्ताबिच असहमति भएको थियो ।
निर्देशक भट्टराइकाअनुसार यस कम्पनीको जारी या चुक्ता पुजी ५० करोड बराबरको रहेको छ । जसमा नेपाल सरकारको ३७ करोड ५० लाख (७५ प्रतिशत ) ,उडीसा इण्ड्रष्टिज लिमिटेड भारतको ३ करोड ७५ लाख (१२ दशमलव ५ प्रतिशत ) र खेतान समूहको तीन करोड ७५ लाख (१२ दशमलव ५ प्रतिशत) पुजी रहेको छ । ‘खेतान र उडीसाबाट पुरा रकम पाइएको थिइएन्,’ भट्टराईले भने,‘ ०५० सालकै मन्त्री परिषदको निर्णयअनुसार सरकारको व्यवस्थापनबाट कम्पनी सञ्चालनमा आएको थियो ।’
म्याग्नेसाइडमा कार्यरत पुराना कामदार भने बिक्रीयोग्य डिबिएम उत्पादन भएको तर, बिचैमा उच्च पदस्थका कर्मचारीको कमिसनको चलखेलले कम्पनी बन्द भएको बताउ“छन् । ‘परिक्षणको समयमै केही विदेशी आएर शर्तसहित बिक्रीयोग्य डिबिएम उत्पादन गरेर देखाएका थिए,’ कम्पनीका घटनाका प्रत्यक्षदर्शी एक कामदारले भने,‘ तर, भित्र के प्रपञ्च रचियो , ती विदेशी रुदै बाहिरिएर गए ,अनि कम्पनी बन्द भयो ।’ वर्षौदेखि वरीपरीका भुभाग ओगटेर बसेको म्याग्नेसाइडको सबै संरचना बिग्रिदै गइरहेका छन् । डिबिएम भट्टी कारखाना रहेको स्थान भास्सिदै खसिरहेको छ । तल्लो स्थानको पदार्थ संकलन केन्द्र, ल्याब भत्किएर ध्वस्त अवस्थामा छन् । पदार्थ उत्खनन्स्थलको वरीपरीका भौतीक संरचना तहसनहस हुँदै गएका छन् । भूकम्पले क्षतिग्रस्त बनाएपछि अझै ठडिरहेका म्याग्नेसाइडका भवन ,कारखानाको संरचना क्रमशः भत्किने क्रममा रहेका छन् ।
वर्षैैपिच्छे आयोजना सञ्चालन गर्ने योजना लिएर आएपनि सधै अदालती मुद्धाको कारण देखाएर म्याग्नेसाइड थन्किएको स्थानीय रेशम कार्कीले बताए । ‘म्याग्नेसाइड सञ्चालन हुन सकेन् ,यह“ाको भौतिक र आर्थिक वातावरणको अवस्था यसैले बिगा¥यो ,’उनले आक्रोश पोखे,‘ म्याग्नेसाइड बन्द हुनाले सयौ बेरोजगार छन् , कम्पनीका जिम्मेवारले यहा“का रुख, ढुंगा सबै बेच्न भ्याइसकेका छन् ।’
कम्पनी सञ्चालन नहुनुमा प्रमुख दोषी कार्यकारीदेखि अन्य उच्च पदस्थ कर्मचारी रहेको कार्कीको भनाई छ ।
म्याग्नेसाइडको खानी कार्यालय दोलखा जिल्लाको भीमेश्वर नगरपालिका वडा ९ खरिढुंगामा छ । कम्पनीको रोपवे खरिढुंगादेखि लामोसाँघुसम्मको करिब १० दशमलव ५० किलोमिटर अझै अलपत्र अवस्थामा रहेको छ ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस