बिहीबार, असोज १८, २०८०
गृहपृष्ठसमाचारसुनकोशी बस दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो (भिडियो रिपोर्ट)

सुनकोशी बस दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो (भिडियो रिपोर्ट)


खाडीचौर, २९ मंसिर ।
दोलखा कालिञ्चोकबाट भक्तपुर जाँदै गरेको बा ४ ख ४४६८ नम्बरको यात्रुबस सुनकोसी गाउँपालिका वडा ७ स्वारा मोडमा खस्दा मृत्यु हुनेको संख्या १५ पुगेको छ । आइतबार बिहान लामोसाघु जिरी सडकखण्डअन्र्तगतको ६ किलोबाट ५ किलोको सडकमै खस्दा घटनास्थलमै १२ को मृत्यु भएको हो ।
प्रहरीका अनुसार मृत्यु हुनेमा ८ महिला, ३ पुरुष, २ बालक र एक बालिका रहेका छन् । मृतकमध्ये १४ जनाको सनाखत भएको छ । एक महिलाको नाम खुलेको छैन । दुर्घटनामा दोलखा जिल्ला भिमेश्वर नगरपालिका–९ की ४२ बर्षिया लक्ष्मी श्रेष्ठ, रामेछाप उमाकुण्ड गाउँपालिका–४ प्रितीका २४ वर्षिय महेश तामाङ, काभ्रे बेथानचोक–५ का ३५ वर्षीय रामशरण खत्री र सोही स्थानकी उनकी श्रीमती ३५ वर्षिया मैया खत्री, लिसंखुपाखर गाउँपालिका–४ कि ५३ वर्षिया गंगामाया लामा, जुगल गाउँपालिका–७ याङलकोटकी ७ वर्षिया सबिना तामाङ, सोही ठाउँकी ३० वर्षिया रेश्मा तामाङ, १५ महिनाकी रोशनी तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै बलेफी गाउँपालिका–५ चिम्लिङ की ३७ वर्षीया फुलमाया तामाङ र दोलखा शैलुङश्वरी गाउँपालिका फस्कुका १० वर्षीया रञ्जित बस्नेत, रामेछाप सुनपाती ६ कि जुनमाया तामाङ, मञ्जु तामाङ, सुकबहादुर तामाङ, र भत्तपुर सुर्यविनायक ८ कि ३८ वर्षिया चिनु बस्नेतको मृत्यु भएको इलाका प्रहरी कार्यालय बाह्रविसेका प्रहरी इन्सपेक्टर नवराज न्यौपानेले जानकारी दिए । अन्दाजी २४ वर्षिय एक महिलाको सनाखत हुन बाँकी रहेको उनले बताए ।
‘घाइतेको काभ्रेको धुलिखेल अस्पताल र खाडीचौरस्थित सिन्धुसदाबहार अस्पतालमा लगिएको छ, ३ जना गंम्भिर छन्,’ इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले भने । बस सडकबाट एकसय मिटर तल खसेको थियो ।
दोलखाको कालिन्चोक घुमेर फर्किएका भक्तपुर च्यामासिह, काभ्रे र सिन्धुपाल्चोक ,जलविरे याङलाकोटजस्ता विभिन्न स्थानमा ३५ भन्दाबढी यात्रु बसमा सवार थिए । घाइतेहरुका अनुसार गाडीको ब्रेक फेल भएको थियो । ‘यात्रु बस रिजर्भ गरिएको रहेछ, यात्रुबसमा ३२ जनाबाहेक एक दुई जना मात्रै उभिएका थिए,चालक फरार छन्, ’उनले भने ।


क्याटेगोरी : समाचार, सिन्धु खबर टिभी
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!