गृहपृष्ठ ∕ राजनीति ∕ विद्यालय व्यवस्थापन समितिमा नेकपाको जित विद्यालय व्यवस्थापन समितिमा नेकपाको जित Sindhu Khabar मंसीर २८, २०७६ गते १७:४९ मा प्रकाशित बाह्रविसे, २८ मंसिर । बाह्रविसे नगरपालिका ४ स्थित शारदा माध्यमिक विद्यालयको व्यवस्थापन समितिको चुनावमा नेकपाको प्यानल नै विजयी भएको छ । नेपाली कांग्रेस र नेकपाका कार्यकर्ता बिच प्यानलमा निर्वाचनमा भएको हो । कुल ५ सय ७२ मध्ये दुई सय ९५ मत खसेको थियो । अभिभावक महिलातर्फ सरस्वती राजभण्डारीले १२२ मत ल्याएर विजयी बनिन् । प्रत्यासी पार्वती खत्रीले ८८ मत प्राप्त गरिन् । त्यस्तै अभिभावक पुरुषतर्फ विष्णुबहादुर खत्री (८६)लाई हराउदै कृष्णप्रसाद न्यौपाने(१२६) बिजयी बने । खुल्लातर्फ अर्थलाल श्रेष्ठ र गोपाल बस्नेत बिजयी भए । अर्थलालले १ सय ३० र गोपालले १ सय १९ मत ल्याएर बिजयी भएका हुन् । उनीहरुका प्रत्यासी जितबहादुर तामाङले एक सय आठ र राजुकृष्ण श्रेष्ठले एक सय १२ मत ल्याएका थिए । ‘दल र सबैबाट सर्वसम्मत जुटाउन नसकिएपछि विव्यसकै लागि चुनावी प्रतिस्पर्धा भएको हो, नगर शिक्षा ऐनअनुसार योबाहेक अरु विकल्प हामीसँग रहेन,’ सुनकोसी नदीछेउ स्थित शारदा माविका प्रधानाध्यापक तोयानाथ नेपालले भने । चुनावबाट विव्यसको प्रतिनिधि छानिरहदा सबैतिरबाट आलोचना आएपनि विकल्पविहिन भएपछि निर्वाचन गरिएको उनले सुनाए । जिल्लाभरका केही विद्यालयमा राजनीतिक पूर्वाग्रहकै कारणले विद्यालय व्यवस्थापन समितिको प्रतिनिधि छान्न हम्मे पर्ने अवस्था आएको अभिभावकवर्ग बताउँछन् । ‘जे भएपनि यसरी कतैपनि चुनाव नै हुने वातावरणसम्म पुगेको छैन्, यसले दुख अनुभव गराएको छ,’उनले भने । राजनैतिक प्रतिशोध बनाएपछि नेकपा र नेपाली कांग्रेसबीच अनावश्यक प्रतिस्पर्धा हुँदै आएकाले विद्यालयमा चुनावी वातावरण निम्तिएको स्थानीयको भनाई छ । ‘कांग्रेसका केन्द्रिय सदस्य मोहनबहादुर बस्नेत र बाह्रबिसे नगर प्रमुख निमफुञ्जो शेर्पाको नचाहि“दो लडाइले यस्तो भयो,यसले एकदमै लाजमर्दो सन्देश गएको छ,’ बाह्रबिसे नगरपालिका वडा ७ घुम्थाङका गोम्बे कामी शेर्पाले भने । विद्यालयजस्तो शिक्षा दिइने मन्दिरमा राजनीतिक दलका स्थानीय नेतालाई उभ्याएर शक्ति प्रर्दशनजस्तो गर्न खोजेको उनले आरोप लगाए । विद्यालयमा राजनीतिक प्रतिस्पर्धा चलाएर दलको नेता उम्मेद्वार बनेपछि आधाभन्दा बढी संख्याका अभिभावक मत हाल्न आएका छैनन् । मतदान गर्ने कुल अभिभावक ५सय ७२ रहेको शारदा मावि व्यवस्थापन समितिकी निर्वाचन अधिकृत कल्पना घिमिरे जानकारी दिइन् । क्याटेगोरी : राजनीति, समाचार ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पत्रकार महासंघ सिन्धुपाल्चोकमा श्रेष्ठ, बाम गठबन्धनको प्यानलै विजयी (कस्को कति… पत्रकार महासंघ सिन्धुपाल्चोकको अध्यक्षमा ४ को उम्मेद्वारी, कुल ४९ ले… हिमालय सीमापार वाणिज्य संघको अधिकांश पदाधिकारी निर्विरोध नेपाल पत्रकार महासंघ चुनाव: केन्द्रीय समितिमा अध्यक्षसहित सिन्धुबाट ५ काे… धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६स्वास्थ्य केन्द्रका राई तीन महिनादेखि बेपत्ता ७लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेसमा सोलुखुम्बूका सुमन प्रथम ८यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो