शनिबार, असोज ६, २०८०
गृहपृष्ठसमाचारचिसो बढ्यो, उच्च हिमाली भेगमा हिमपात

चिसो बढ्यो, उच्च हिमाली भेगमा हिमपात


चौतारा, २७ मंसिर ।

पछिल्लो  दिनदेखि परेको सामान्य वर्षाका कारण सिन्धुपाल्चोकका चिसो बढेको छ । वर्षाका कारण उच्च हिमाली भेगमा हिमपात समेत भएको स्थानीयको भनाई छ ।
वर्षासँगै चिसो बढेपछि सदरमुकाम चौतारालगायत प्रमुख व्यापारिक बजारसहित जिल्लैभर स्थानीयवासी आगो तापेर बसेका छन् । एक्कासी सरु भएको चिसोले जनजीवन प्रभावित भएको छ । गाउँगाउँमा रहेका विरामीलाई सकस उत्पन्नसमेत भएको स्थानीय बताउँछन् ।
सिन्धुपाल्चोक हिमाली जिल्ला भएकाले उच्च भेगमा हिमपात भएको छ । जिल्लाको गोल्चे, गुम्बा, हेलम्बु, भोताङलगायत साविकका गाविसमा उच्च भेगमा हिउँ जमेको छ । गोल्चेका अनिल शेर्पाका अनुसार हिमपातले जनजीवन थप कष्टकर भएको छ । जुगल हिमालको सम्मुख पर्ने गाउँहरुमा सिरेटो चल्दा बिमारीलाई समस्या उन्पन्न भएको उनले जानकारी दिए । साविक सेलाङ गाविस पर्ने खस्रेसम्म यही रफ्तारमा चिसो हुने र वर्षा भइरहने हो भने आजको रातमा पूरै भूभाग हिउँले सेताम्मे हुने उनले बताए ।
त्यस्तै भोताङको पाँचपोखरी क्षेत्र, हेलम्बुको सिमिसिदाङ हिउँले ढाकिसकेको स्थानीय बताउँछन् । हेलम्बुको सेर्माथाङ, मेलम्चीघ्याङ क्षेत्रमा चरम चिसोले जनजीव्न प्रभावित भएको छ । सदरमुकाम चौतारामा बिहानदेखि नै आगो बालेर आफूलाई न्यानो स्थानीयले गराइरहेका छन् ।

चौतारा साँगाचोकगढी नगरपालिका ४ मा चिसो बढेपछि आगो ताप्दै स्थानीय

सिन्नधुपाल्चोकसँगै काठमाडौं उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महशुस गरिएको छ भने देशभर चिसो बढेको छ।
आज काठमाडौंको न्यूनतम तापक्रम यो वर्षकै कम ८ दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको छ।
मंगलबार उपत्यकाको न्यूनतम तापक्रम ११ दशमलव पाँच डिग्री सेल्सियस थियो।
पश्चिमी वायुको प्रभावले देशभर चिसो बढ्ने क्रम सुरू भएको हो ।
अबको केही दिन तापक्रम घटबढ भइरहने छ। पश्चिमी वायु सक्रिय भएकाले देशको पश्चिमी तथा मध्य हिमाली भू(भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पोखरा, दाङ, धनकुटा, दिपालय, वीरेन्द्रनगरको न्यूनतम तापक्रम १२ दशमलव ५ डिग्री सेल्सियस छ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!