फ्राइडे फिल्मी रिलिजमा माछा र माया पिरिमकै चर्चा

आशिष तिवारी
काठमाण्डौं, २४ मंसिर ।
फ्राइडे रिलिजअन्र्तगaत मंसिर २० गते प्रर्दशनमा आएका दुई फिल्म माछा माछा र माया पिरिमले चर्चा बटुलिरहेको छ । एकै पटक प्रर्दशनमा आएका दुई फिल्मी कथाले देशभर प्रंशसा बटुल्ने अपेक्षा गरिएको चलचित्र समिक्षकले अनुमान लगाउन थालेका छन् । माछा माछा मा बिजय बराल,अनुज पाण्डे,माओत्से गुरुङ,नम्रता श्रेष्ठ,सरिता गिरी,भोलाराज सापकोटा कमलमणी नेपाल लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्मीको कथानक लेखन तथा निर्देशन सुनिल गुरुङले गरेका छन् ।
मणिराम पोखरेल कार्यकारी निर्माता रहेको फिल्मलाई रामबाबु गुरुङ र दयाहाङ राईले निर्माण गरेका हुन् भने छायांकन शिवराम श्रेष्ठको रहेको छ । सिनेमा आर्ट र नौमती इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्मका सह(निर्मातामा ओमचन्द्र रौनियार र अर्जुन कार्की रहेका छन् । फिल्ममा अनुपम शर्माको संगीत, निमेष श्रेष्ठको सम्पादन र प्रविन सिंहको कोरियोग्राफी रहेको छ । टेक पौरखी राईको निर्देशनमा बनेको फिल्मको कथा सबिन अधिकारीले लेखेका हुन् । प्रविन थापा र सबिन अधिकारीको निर्माणमा बनेको फिल्ममा सागर बस्नेत र कोषराज दाहाल कार्यकारी निर्मातामा रहेका छन् ।
‘माया पिरिम’ मा मोहन मरासैनी र युवराज दाहाल सह निर्मातामा रहेका छन् । फिल्ममा कोशिश क्षेत्रि,सलोन बस्नेत,किरण चन्द,अन्जली अधिकारी,अर्जुन गुरुङ,कालु राना,जयनन्द लामा,अरुणा कार्की,अनुपमा भण्डारी,विशाल पहाडी,टेक पौरखी राई,सागर बस्नेत लगायतका कलाकारको अभिनय रहेको छ । निरज कंडेलले छायांकन गरेको फिल्मलाई जीवन थापाले सम्पादन गरेका हुन् । फिल्ममा श्री श्रेष्ठको द्वन्द, कोशिश क्षेत्रिको संगीत, शिशिर खातीको कोरियोग्राफी रहेको छ ।
क्याटेगोरी : कला, समाचार
तपाईको प्रतिक्रिया दिनुहोस