Techie IT
Wednesday, January 27,2021 / बुधबार, माघ १४, २०७७
×
गृहपृष्ठसमाचारकैदसँगै १ करोड ८६ लाख जरिवाना तोकिएका गोम्दे तामाङ कारागार चलान

कैदसँगै १ करोड ८६ लाख जरिवाना तोकिएका गोम्दे तामाङ कारागार चलान


चौतारा, २४ मंसिर ।
विदेशी विनिमय मुद्धाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । एक वर्ष कैद र एक करोड छयासी लाख चौध हजार नौ सय उनान्नब्बे जरिवाना तोकेको भोटेकोशी गाँउपालिका वडा न.२ का ३२ वर्षिय गोम्दे तामाङ पक्राउ परेका हुन् ।
फैसला कार्यान्वयन अन्तर्गत फरार प्रतिवादी पक्राउ गर्ने क्रममा आफुनै घरमा बसिरहेका गोम्देलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । गाउँघरमै लुकीछिपी बसिरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी टोलीले पक्राउ गरेको डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । उनकाअनुसार पक्राउपछि जिल्ला अदालतमा उपस्थित गराइएको हो । अदालतले १ महिना कैद सजाय र जरिवानावापत दश बर्ष कैद भुक्तानको लागि कारागार पठाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस