बुधबार, असोज १७, २०८०
गृहपृष्ठराजनीतिएकै वडाध्यक्षको सपथ ग्रहण दुई पटक

एकै वडाध्यक्षको सपथ ग्रहण दुई पटक


नवलपुर, २४ मंसिर ।
इन्द्रावती गाउँपालिका वडा ८ अध्यक्ष पदको सपथ ग्रहण कार्यक्रम जिल्लाभर एकदमै रोचक र चर्चाको विषय बन्यो । उपनिर्वाचनमा दुईसय ७३ मतान्तरमा इन्द्रावती गाउँपालिका वडा ८ अध्यक्ष पदमा बिजयी (नेकपा)का केदारनाथ आचार्यले दुई पटक सपथ ग्रहण गरे । ७ सय १२ मत ल्याएर नेपाली कांग्रेसका अशोक तामाङलाई हराएका आचार्यको वडाअध्यक्ष पदको दुवै सपथ ग्रहणमा बधाई दिन पुगेका स्थानीय एकदमै अचम्मित देखिए ।


‘मलाई पनि दुई पटक सपथ खान मन थिएन्, दुवैतर्फको कानुन बाझिएकाले यस्तो भयो, जे भएपनि लिएको जिम्मेवारी इमान्दारपूर्वक निभाउँछु,’ इन्द्रावती ८ अध्यक्ष पदमा बिजयी आचार्यले भने । गएको आइतबार पूर्वमन्त्री, मन्त्री नेता तथा कार्यकर्ताबीच मुख्य निर्वाचन अधिकृत (जिल्ला न्यायधिश) टिकाराम आचार्यबाट वडाध्यक्ष पदको सपथ लिएको उनले सुनाए ।
त्यसैको मंगलवार आचार्यले पुनः जनप्रतिनिधिमाझ इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङबाट सपथ ग्रहण गरे । ‘मुख्य निर्वाचन अधिकृतबाट निर्वाचन नियमावाली बमोजिम र स्थानीय ऐनअनुसार गाउँपालिका अध्यक्षबाट क्रमशः दुई सपथ खाए,’ उनले भने । सुरुमा निर्वाचन नियमावलीलाई आधार मानेर सपथ लिइसकेपछि ढुक्क उनले स्थानीय ऐन आधिकारिक हुने भएपछि पुनः सपथ लिए ।
जिल्ला निर्वाचन कार्यालयका खेमराज थापाले दुवै आधिकारिक कानुनअनुरुप सपथ ग्रहण भएकाले दुई वटै सपथ मान्य हुने बताए । स्थानीय तह निर्वाचन नियमावाली २०७४ अनुसार मुख्य निर्वाचन अधिकृतबाट हुनुपर्ने प्रावधान छ । भने, स्थानीय सरकार संञ्चालन ऐन २०७४ ले भने गाउँपालिका अध्यक्षबाट सपथ ग्रहण आधिकारिक हुने उल्लेख गरेको छ । ‘हालै जिल्ला निर्वाचन आयोगले स्थानीय तह निर्वाचन नियमावलीको यो दफा खारेज गरेको छ, त्यसपछि स्थानीय तहबाट सपथ ग्रहण भएको हो, दुवै वैधानिक हो,’उनले भने ।
वडा ८ का अध्यक्ष धनबहादुर श्रेष्ठको मृत्युपछि पद लामो समय खाली बनेको वडाध्यक्ष पदको लागि नेकपा,कांग्रेस, राप्रपाको चर्को प्रतिस्पर्धा चलेको थियो । जिल्लामा उपनिर्वाचनमा चर्चाको विषय बनेको इन्द्रावती वडा ८ अध्यक्ष पदमा एकहजार चारसय चार मतमा ८३ दशमलव ६९ प्रतिशत मात्रै मत खसेको थियो । नेपाली कांग्रेसका जिल्ला सभापति बिकास लामा र नेकपाको जिल्ला अध्यक्ष झम्क नेपालको गृहक्षेत्र इन्द्रावतीमा गाउ“पालिका अध्यक्ष र उपाध्यक्ष भने कांग्रेसबाट जितेका छन् ।
सौहार्दपूर्ण विकास
दुई पटक सपथ ग्रहण गरेपछि पदभार सम्हालिरहेका नेकपाबाट जितेका इन्द्रावती गाउँपालिका वडा ८ अध्यक्ष केदारनाथ आचार्यले दलभन्दा माथि उठेर जनताको सेवा गर्ने दाबी गरे । कांग्रेसबाट बिजयी इन्द्रावती गाउँपालिकाका प्रमुखले आफुस“ग सौहार्दपूर्ण व्यवहार गरेको उदाहरण दि“दै उनले विकासमा एक भएर लाग्ने बताए । इन्द्रावती गाउँपालिका अध्यक्ष र गाउँपालिका महासंघका महासचिव वंशलाल तामाङले जनप्रतिनिधिलाई स्वागतस“गै इन्द्रावतीलाई समृद्ध र नमुना बनाउने योजनाबारे लागिरहेको प्रष्ट्याए ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!