खेत बगर बनेपछि माझी परिवारको बिचल्ली

चौतारा, २३ मंसिर ।
पूर्वी पुष्पलाल (मध्य पहाडी) राजमार्गको बन्देउ खण्डको निर्माण क्रममा जथाभावी फालिएको ढुंगामाटोले खेत पुरिएपछि माझी परिवारमा अन्योलमा परेका छन् । कृषी पेशमा निर्भर माझी परिवारको झण्डै दुईसय ५० रोपनी क्षेत्रफल जग्गाजमिन माटोढुंगाले ढाकेपछि बिचल्ली मच्चिएको हो । ‘उब्जनीको खेतबारी सबै माटोढुंगाले पुरिएको छ, केही खेती लगाउन पाइएको छैन् ,’चौतारा सा“गाचोकगढी नगर भिमटारका रंगबहादुर माझीले भन । पुख्र्यौली १५ रोपनी जग्गाजमिन सबै माटोले पुरिएपछि दिक्क भएका माझीले कसरी जिवन निर्वाह गर्ने अन्योलमा परेको उनले सुनाए ।
‘प्रहरी,प्रशासनदेखि नगरपालिकासम्म सबैतिर गुनासो पोख्यौ, सुनुवाई भएन्, न्याय पाएनौ,’उनले भने । चार क्षेत्रमा विभाजित गरी सुरु भएको पूर्वी लोकमार्ग खण्डको ७ सय २१ किलोमिटरको सडकमार्गले तल्लो माझी खेतको अधिकाशं भुभाग क्षतिग्रस्त बनाउ“दै लगेको छ । ‘दुःखजेलो गर्नुपर्ने खेत एकै रातमा स्वाहा बनाइदिए, हाम्रो सम्पत्तीको नाममा भएको खेत पनि बगरतुल्य भयो,’वृद्ध बुद्धिबल माझीले दुखेसो गरे ।
इन्द्रावती किनारको माथिल्लो भुभाग हु“दै लोकमार्ग खन्दै लगिएको छ । त्यह“ाबाट जताततै फालिएको ठुला चट्टान र माटोले माझीको आधा खेत पुरेर बगरमा परिणत भएको छ ।
इन्द्रावती किनारक्षेत्रमा माझी,दनुवार समुदायका झण्डै चारसय परिवार छरिएर बस्दै आएका छन् । ‘माछा मार्न छोडियो, यही खेतमा काम गरेर कमाइ हुन्थ्यो त्यो पनि गुमेको छ, हाम्रो दुःख कस्ले बुझिदिने ?,’ इन्द्रावती गाउ“पालिकाको वडा १२ की सुकुमाई माझीले प्रश्न गरिन् । खेतबारी जोगाउन नसके यत्तिकै बा“च्न गाह्रो हुने भएकाले माझी परिवार दिक्क बनेको उनको भनाइ छ ।
चौतारा सा“गाचोकगढी नगरको भिमटारदेखि इन्द्रावती गाउ“पालिकाको माझी दनुवार टोलको अधिकाशं जमिन सडकको सुख्खा माटोले ढाकेको छ । इन्द्रावती क्षेत्रमा मात्रै २२ घरको १४ रोपनी खेत पुरिएको छ । पुष्पलाल मध्यपहाडी राजमार्ग योजना कार्यालयका सुचना अधिकारी इन्जिनियर ईश्वर कार्कीकाअनुसार सडकखण्डको अवरोध हटाउन पहलकदमी लिइरहेको दाबी गरे । ‘बर्खाको कारणले केही समस्या भएको हो, अब चाडै अवरोध हटाउन स्थानीय तहस“ग समन्वय गर्दैछौ,’उनले भने । स्थानीयको समस्या समाधान गर्न बन्देउ हु“दै चौतारा सडकखण्डबाट जोडिने राजमार्गको बाहुनेपाटी,दोलालघाट चौरीखोला ८२ किलोमिटरको काम भइरहेको उनले प्रष्ट्याए ।
मध्यपहाडी लोकमार्गको सम्पूर्ण क्षतिबारे बुझेर सहयोग गर्न तत्पर रहेको इन्द्रावती गाउ“पालिकाका प्रमुख वंशलाल तामाङले बताए । चौतारा सा“गाचोक गढी नगर र इन्द्रावती भेगलाई निरीक्षण गरेर यसबारे अगाडी बढ्ने गाउ“पालिका महासंघका महासचिव तामाङले जनाए ।
तस्कर गिरोहबाट बगर कब्जा
इन्द्रावती नदीमा नदिजन्य पदार्थ निकाल्न बालुवा तस्करकै गिरोहले बगर नै कब्जा गर्ने गरेको स्थानीयले दुखेसो गरे । जनप्रतिनिधिकै आडमा सामुहिक रुपमा आएका गिरोहले स्थानीयलाई बगरमा टेक्नसमेत् नदिने गरेको स्थानीय विमलराज गिरीले बताए ।
‘वडाध्यक्ष,सदस्यदेखि जनप्रतिनिधिको आडमा उनीहरुले स्थानीयलाई थर्काउछन्,नदीजन्य पदार्थ उत्खनन् गर्छन्,उनीहरुकै रजगज छ,’उनले भने ।
अघिल्लो समय एक्जाभेटरले बगर भरिने गथ्र्यो । यस पटकको बर्खा भने सुनकोसी र इन्द्रावती आफ्नै लयमा बग्न पाएका छन् । बर्खा नसकि“दै सामुहिक रुपमा तस्करहरु जनप्रतिनिधिकै नेतृत्वमा इन्द्रावती दोहन गर्न आउने उनले दाबी गरे ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस