बुधबार, असोज १७, २०८०
गृहपृष्ठसमाचारदलित समुदायका पत्रकार संगठित

दलित समुदायका पत्रकार संगठित


सुकुटे, २३ मंसिर ।
सिन्धुपाल्चोकका दलित समुदायका पत्रकारहरु संगठित भएका छन् । बिभिन्न सञ्चार माध्यममा कार्यरत रहेका उनीहरु राष्ट्रिय दलित पत्रकार संघ, नेपालमा आबद्ध भएर जिल्ला कार्यसमिति सर्वसहमत चयन गरेका छन ।
पत्रकार सुनिल मिजारको अध्यक्षतामा एक समिति छनौट गरिएको छ । उपाध्यक्षमा एस्तर रामुदामु, सचिवमा शिव परियार, सहसचिवमा रेबिका कौशिला, कोषाध्यक्षमा सुनिता सून्दास चयन भएका छन ।
सदस्यमा अस्मिता परियार, सुनिल रोक्का, रचना बिक, हिमाद बिक, उमेश बिक छानिएका छन् । राष्ट्रिय दलित पत्रकार संघ, नेपालका केन्दि«य उपाध्यक्ष गोपाल बराइली, महासचिव लक्ष्मण दर्नाल र प्रदेश ३ का अध्यक्ष चित्र मिजारको उपस्थितिमा सो समिति सर्वसहमत चयन गरिएको थियो । दलित समुदायले भोग्दै आएको जातीय भेदभाव , छुवाछुतका बिरुद्धमा सशस्त रुपमा कलम चलाएर दलित समुदायको हकअधिकारलाइ कार्यान्वयन गराउन राज्यका सबै निकायलाई खबरदारी गर्न पत्रकारहरु संगठित भएको प्रदेश ३ का अध्यक्ष चित्र मिजारले जानकारी दिए ।


क्याटेगोरी : समाचार
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!