बुधबार, असोज १७, २०८०
गृहपृष्ठसमाचारवडा वडामा सम्पति कर सम्बन्धि छलफल सुरू

वडा वडामा सम्पति कर सम्बन्धि छलफल सुरू


स्थानीय तहले पर्याप्त मात्रमा छलफल नै नगरी कर उठाएको गुनासो वढ्दै जादा सिन्धुपाल्चोकको एक स्थानिय तहले वडामै पुगेर छलफल तथा अन्तरक्रीया सुरु गरेको छ । जिल्लाको त्रिपुरासुन्दरी गाउपालिकाले स्थानीय तहले कर निर्धारण गर्दा जनताले तिर्न सक्ने क्षमता हेर्न र सम्पती कर सम्बन्धी अष्पस्टता चिर्न प्रशिक्षण तथा अन्तरक्रीया गरीरहेको छ । मंसिर १३ गते ५ नम्बर वडा तौथलिबाटे एकिकृत सम्पती कर सम्बन्धी छलफल सुरु भएकोमा १७ गते १ नम्बर वडा घोर्थलि , १८ गते वडा नम्बर २ चोकटि, १९ गते वडा नम्बर ३ धुस्कोटमा सम्पन्न भईसकेको गाउपालिका अध्यक्ष भुपेन्द्र श्रेष्ठले बताउनुभयो । २५ गतेभित्र बाकि सबै वडामा पुग्ने गरी कार्यक्रम निर्धारण गरीएको छ ।

‘स्थानीय तहलाई कर लिने नयाँ अभ्यास भएकाले पर्याप्त मात्रामा जनतासँग छलफल नै नगरी कर निर्धारण गर्दा जनताले तिर्न सक्ने क्षमताको समेत विश्लेषण नहुने रहेछ ।’ गाउपालिका अध्यक्ष श्रेष्ठले भन्नुभयो । ‘एकिकृत सम्पती कर सम्बन्धी छलफलपछि पालिकाको आन्तरीक सा्रेतको लागि नागरीक र वडा प्रतिनिधिलाई कर बुझाउने निति राम्रो हो भन्ने निष्कर्षमा पुग्न सक्यौ ’ अध्यक्ष श्रेष्ठले भन्नुभयो ।संविधान र कानुनविपरीत केही स्थानीय तहले कर उठाएको पाइएको देखेर आफुहरु छलफलमा गएको उपाध्यक्ष दुर्गादेवि नेपाल बताउनुहुन्छ ।

अहिलेको संविधान र स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार लिन मिल्ने र नमिल्ने करसमेत निर्धारण भएको छ यसबारे थप प्रष्ट हुने मौका छलफबाट मिलेको १ नम्बर वडाका अध्यक्ष कर्ण बहादुर खड्काले जानकारी दिनुभयो । छलफलमा आन्तरीक सा्रेत वृद्धिका लागि आगामि आर्थिक वर्षबाट घर संगै घर टहरा भएको जग्गाको मालपोत तिरो गाउपालिकामा बुझाउने र बाकि जग्गा जमिनको तिरो जिल्ला मालपोत कार्यलयमै बुझाउने गरी निर्णय लिने सहमती भएको छ । ३ नम्बर वडाका अध्यक्ष सुकदेव रिसाल सम्पती कर गाउपालिकामा लागु गराउन द्येरै चुनौतिहरु रहेको उल्लेख गर्नुहुन्छ । तत्कालको छलफलमा ५ लाख सम्मको मुल्याङ्रकन देखिए रु ५० ,६ लाख सम्मको मुल्याङनको रु ६०,७ लाख सम्मको मुल्याङ्रकनको रु ७० गरी वार्षिक तिरो गाउपालिकामा बुझाउनुपर्ने निति बनाउने तयारीमा गाउकार्यपालिका देखिन्छ । एक त आफु खुसि मुल्याङ्रकन गरीने हो भने देखिने समस्या अर्को गुठिको जग्गा भोगचलन गरेकाहरु दोहोरो मारमा पर्न सक्ने ३ नम्वर वडाका अध्यक्ष सुकदेव रिसालको तर्क छ । सिन्धुपाल्चोक जिल्लाका स्थानिय तहमा नेपाली कांङ्गे्रसले जितेका स्थानमा कर मिनाह र नेकपाले जितेका स्थानमा कर लागु गर्दा कुरा बाझीएको देखिन्छ । यसअगि प्रदेश तथा स्थानीय तहको कर सम्बन्धमा अध्ययन गर्न गठित समितिले तयार पारेको प्रतिवेदनमा स्थानीय तहले जनतासँग छलफल नै नगरिकन विभिन्न शीर्षकमा कर उठाएको उल्लेख छ ।

यस अघि स्थानीय तहले जथाभावी कर लिएको गुनासो आएपछि सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो । जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाले आगामि आर्थिक वर्षबाट कर कसरी लागु गर्ने भनेरनै स्थानिय र जनप्रतिनि संग मेला गराएर सुझाव कार्यन्वयनको बाटोमा अगि बढेको छ ।
पालिकाले ६ वटै वडामा अध्यक्ष ,सचिव ,वडा सदस्य र जनप्रतिनिधि संगै जनता संगै राखेर करबारे अन्तक्र्रिया गरेर अध्ययन गरीरहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!