गृहपृष्ठ ∕ भिडियो ∕ हेलिकोप्टर बनाउदै स्याउलेका बृद्ध (भिडियो रिपोर्ट) हेलिकोप्टर बनाउदै स्याउलेका बृद्ध (भिडियो रिपोर्ट) Sindhu Khabar मंसीर १७, २०७६ गते १५:४८ मा प्रकाशित स्याउले, १७ मंसिर । साधारण लेखपढ गरेका ५६ वर्षिय एक बृद्धले हेलिकोप्टर निर्माण सुरु गरेका छन् । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका १ स्थित बदलाङ गाउँका देवबहादुर थापाले हेलिकोप्टर निर्माणको थालनी गरेका हुन् । दुई वर्षअघिदेखि हेलिकोप्टर बनाउन सुरु गरेका थापाले आकार दिइसकेका छन् । न्यून आयस्रोत भएको परिवारमा जन्मिएका उनले स्रोत साधनको अभाव भएकै कारण हेलिकोप्टरलाई पूर्णता दिन सकेका छैनन् । सानै उमेरदेखि यस्तै सिर्जनशील कामहरु गर्ने गरेका थापाले यसअघि यस्तै आकारको सानो हेलिकोप्टर बनाएर उडाइसकेका छन् । पहिला प्रहरी प्रशासनले पक्राउ गर्न सक्ने डरका कारण उनले पहिलाको सानो हेलिकोप्टर आफूले बनाएर उडाएको खुलासा भने गरेनन् । त्यतिबेला खुल्ला रुपमा उडाएको सानो हेलिकोप्टर झण्डै डेढ किलोमिटरको दुरीमा पर्ने कातर्चे भन्ने गाउँको एउटा जंगलमा खसेको उनले बताए । आफूले बनाएर उडाएको हेलिकोप्टर भेट्टाएकाहरुले के गरे भन्ने बारे उनी अझै अनविज्ञ छन् । त्यतिबेला बनाएको हेलिकोप्टर उडेपछि गर्न सक्ने रहेछ भन्ने लागेपछि उनले अहिले ठूलो आकारको हेलिकोप्टर बनाएका हुन् । आकाशमा उडिरहने हेलिकोप्टर देखेपछि यो पनि मान्छेले नै बनाएको हो म पनि सक्छु होला भन्ने उनलाई बच्चैदेखि लागिरहने गरेको थियो । सामान्य रुपमा घडि, रेडियो बनाउने गरेका उनले हेलिकोप्टर बनाउन अरु कसैको प्राविधिक सहयोग लिएका छैनन् । १२ वर्ष नेपाली सेनामा जागिर गरेका उनले त्यसबेला टेलिफोन, राइफललगायत उपकरण बनाउने गरेका थिए । कुनै संघसस्था तथा सरकारी निकायबाट आर्थिक सहयोगको अपेक्षा गरेका थापाले केही सहयोग पाए छोटो समयमै यो हेलिकोप्टर उडाएर देखाइदिने दावी गरेका छन् । झण्डै तीन लाख रुपैयाँ खर्चिसकेका थापाले केही रकमको अभाव रहेको बताए । अहिले हेलिकोप्टरको पछाडी र माथि रहेको पंखासमेत घुम्ने गर्दछ । फलामको रड वाइल्डिङ गरेर हेलिकोप्टरको आकार दिएका उनले तीन जना सम्म मान्छे बस्न मिल्ने बनाएका छन् । यो हेलिकोप्टर ब्याट्रीको सहयोगले उडाउन सक्ने उनको भनाई छ । थापाले एक्लो जनशक्तिमा हेलिकोप्टर बनाएपछि गाउँवासीसमेत अचम्भित छन् । कतैबाट आर्थिक सहयोग पाएमा उनले हेलिकोप्टर उडाउन सक्ने स्थानीयको विश्वास छ । थापाले हेलिकोप्टर बनाएको हल्ल गाउँमा चलेपछि हेर्न जानेहरु बढेका छन् । उनले साविक जिल्ला विकास समिति, जिल्ला प्रशासन कार्यालयमा सहयोगको अपिल पनि गरेका थिए । हालको वडा कार्यालयबाट अध्यक्ष, सचिव लगायतले पनि हेलिकोप्टर अवलोकन गरेका छन् । उनीहरुले सहयोग गर्ने प्रतिबद्धता जनाएपनि हालसम्म कतैबाट सहयोग भएको छैन । क्याटेगोरी : भिडियो, समाचार, समाज ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चार हप्तापछि मेलम्ची सुरुङमा पानी हाल्न सकिने चुनाव तयारीमा हाेमियाे निर्वाचन कार्यालय इन्द्रावतीका कार्यालय सहयोगीले गरे आत्महत्या सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ३यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ४चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ५उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ६चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ७महिनाकै सर्वोत्कृष्ट प्रदेश प्रहरीमा बाह्रबिसेका इन्स्पेक्टर शाह ८नेकपा फुटको असर सिन्धुका पत्रकारमा पनि, को कता ?