गृहपृष्ठ ∕ समाचार ∕ ८४ प्रतिशत पुग्यो सिन्धुपाल्चोकमा पुनर्निर्माण ८४ प्रतिशत पुग्यो सिन्धुपाल्चोकमा पुनर्निर्माण Sindhu Khabar मंसीर १६, २०७६ गते १७:११ मा प्रकाशित चौतारा, १६ मंसिर । २०७२ साल बैशाख १२ को भूकम्पले सर्वाधिक मानवीय र भौतिक क्षति पुगेको सिन्धुपाल्चोकमा ८४ प्रतिशत लाभग्राहीले निजी आवास पुर्ननिर्माण सम्पन्न गरी नयाँ घरमा बस्न थालेका छन् । भूकम्प गएको साँढे चार वर्ष बित्दा ८४ प्रतिशत लाभग्राहीले पुर्ननिर्माण प्राधिकरणले तोकेको मापदण्ड पूरा गरेर बनाएको नयाँ घरमा बस्न थालेका हुन् । प्राधिकरणले सूचीमा समावेस गरेका ८८ हजार आठ सय ७७ लाभग्राही मध्ये ७४ हजार छ सय १८ जनाले घर निर्माण सम्पन्न गरी तेस्रो किस्ता भुक्तानी लिइसकेका प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार (जिमाली) को तथ्यांक छ । तेस्रो किस्ता भुक्तानी लिनेहरु पुर्ननिर्माण सम्पन्न भूकम्प प्रतिरोधी घरमा सरिसकेको जिमालीका निमित्त आयोजना प्रमुख लक्ष्मणकुमार सेठले बताए । २०७३ साल बैशाख १२ को दिन तत्कालीन प्रधानमन्त्री केपी ओलीले सदरमुकाम चौताराको सर्वे तामाङको घर शिलान्यास गरेर सुरु भएको निजी आवास पुर्ननिर्माणले फड्को मार्दै पछिल्लो तीन वर्षमा करिब ८४ प्रतिशत लाभग्राही छानो मुनि बस्न थालिसकेका छन् । तीन हजार पाँच सय ७० जनाले ज्यान गुमाएको सिन्धुपाल्चोकका ९५ प्रतिशत बढि निजी आवास पूर्ण क्षति भएको थियो । ‘तेस्रो किस्ता अनुदान पाउने सबैले घर निर्माण सम्पन्न गरेर छाना मुनि बसिसकेका छन्’, प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन ईकाई भवनका आयोजना प्रमुख सन्तोषकुमार निरौला भन्छन्, ‘निजी आवास पुर्ननिर्माणमा सन्तोसजनक प्रगति छ ।’ निरौलाका अनुसार ८२ हजार तीन सय ६६ लाभग्राहीले दोस्रो किस्ता अनुदान लिइसकेका छन् । घर निर्माण सुरु गरेर डिपीसी तहको काम सम्पन्न गरेपछि मात्र दोस्रो किस्ताका लागि आवेदन दिन पाउने प्रावधान छ । प्राधिकरणले तयार गरेको लाभग्राही सूचीलाई आधार मान्दा छ हजार पाँच सय ११ घर मात्र निर्माण सुरु हुन बाँकी छ । आफ्नो नाम लाभग्राहीमा नपरेको भनि गुनासो दर्ता गर्नेहरुको सम्बोधन हुन ढिला भएकाले केही घर बन्न सुरु नभएको निरौलाले बताए । गुनासो सम्बोधन भएर थपिएका लाभग्राहीले अनुदान सम्झौता लगायतका प्रकृयामा केही समय लागेकाले दोस्रो किस्ता नलिनेको संख्या बढि देखिएको निरौला बताउँछन् । जिमालीको तथ्यांक अनुसार गुनासो सम्बोधन भएर लाभग्राही सूचीमा समावेस भएका दुई हजार छ सय ५१ जनाले पहिलो किस्ता अनुदान लिन बाँकी छ । लाभग्राही सूचीमा समेटिएका ८६ हजार दुई सय २६ जनाले पहिलो किस्ता पाएका छन् भने ८२ हजार तीन सय ६६ जनाले दोस्रो किस्ता लिइसकेका छन् । क्याटेगोरी : समाचार, समाज ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार यसरी मनाए माझी समुदायले कोशी पूजा (भिडियो र तस्विरसहित) भोटेकोसीमा सिमल बिसौना गोरेटो तथा प्रतिक्षालयको उद्घाटन सिन्धुपाल्चोककी अन्जुको जीपको ठक्करबाट मृत्यु राष्ट्रपतिले उद्घाटन गरेको जलवायु सम्मेलनको हिसावकिताब माग गर्दै अख्तियारमा उजुरी धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे