शनिबार, असोज ६, २०८०
गृहपृष्ठराजनीतिइन्द्रावती ८ मा नेकपाका आचार्य विजयी (भिडियो)

इन्द्रावती ८ मा नेकपाका आचार्य विजयी (भिडियो)


सिपापोखरे, १४ मंसिर ।
इन्द्रावती गाउँपालिका ८ मा भएको उपनिर्वाचनमा सात सय १२ मत ल्याउदै नेपाल कम्युनिष्ठ पार्टीका उम्मेद्वार केदारनाथ आचार्य विजयी भएका छन् । कुल एक हजार एक सय ७५ मत खसेको सो निर्वाचनमा ६१ दशमलब ३६ प्रतिशत मत ल्याउदै आचार्य विजयी बनेका हुन् ।
आचार्यका निकटतम प्रतिस्पर्थी नेपाली काँग्रेसबाट उम्मेद्वार बनेका राले तामाङ (अशोक) ले चार सय ३९ मत प्राप्त गरे । सोही पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त का उम्मेद्वार ढकबहादुर श्रेष्ठले १२ र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार रणबहादुर तामाङले ३ मत प्राप्त गरे ।
तत्कालीन वडा अध्यक्ष धनबहादुर श्रेष्ठको मृत्युपछि उक्त वडामा उपनिर्वाचन भएको हो । यसअघिको निर्र्वाचनमा अहिलेका विजेता उम्मेद्वारलाई ७ मतले पछी पार्दै श्रेष्ठले जित हाँसील गरेका थिए । अहिलेको राप्रपा र राप्रपा संयुक्त एक हुदाँ समेत अघिल्लो निर्वाचनमा ४ मत मात्रै पाएका थिए ।
एक हजार एक सय ७७ मत खसेको छ । एक हजार चार सय चार मत मध्ये ८३.६९ प्रतिशत मत खसेको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ११७७ मध्ये ५५५ महिला र ६२२ पुरुषले मतदान गरे । गहतेस्थित चन्द्रावती आधारभूत विद्यालयमा मतदान गरिएको थियो ।
उक्त वडामा पहिलो स्थानीय तहको चुनावमा एक हजार १६ मत खसेको थियो भने ९ सय ४४ मत मात्रै सदर भएको थियो । यो पटक ११५७ मध्ये ११६६ मत सदर भएको छ ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!