यस्तो छ इन्द्रावती ८ को निर्वाचन (फोटोफिचर)

सिपापोखरे, १४ मंसिर ।
इन्द्रावती गाउँपालिका ८ मा उपनिर्वाचनमा जारी छ । वडाध्यक्ष पदको उपनिर्वाचनको लागि नेकपा, कांग्रेस, राप्रपा, समाजवादी पार्टी र राप्रपा संयुक्तले उम्मेद्वारी दर्ता गराएका थिए । पछि समाजवादी पार्टीबाट उम्मेद्वारी दर्ता गराएका प्रताप श्रेष्ठले उम्मेद्वारी फिर्ता गरेपछि वडाअयक्ष पदका लागि चार जना चुनावी मैदानमा होमिएका छन् । नेकपाले स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा पराजित केदारनाथ आचार्यलाई पुनः उम्मेद्वार बनाएको हो । त्यसैगरी नेपाली कांग्रेसले पुराना राजनीतिक नेता अशोक तामाङ(राले)लाई उम्मेद्वार बनाएको छ । उनीहरुसँग क्रमशः राप्रपाका रणबहादुर तामाङ, र राप्रपा संयुक्तका ढकबहादुर श्रेष्ठ वडाअध्यक्षका लागि मतदान भइरहेको हो ।
यो वडामा यसअघि कांग्रेसले जितेको थियो । वडाअध्यक्ष धनबहादुर श्रेष्ठको मृत्युपछि यहाँ पुन निर्वाचन भएको हो ।
उक्त वडामा पहिलो स्थानीय तहको चुनावमा एक हजार १६ मत खसेको थियो भने ९ सय ४४ मत मात्रै सदर भएको थियो । तर पछिल्लो समय १८३ मतदाता थपिएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस