जोखिमस्थानमा विस्थापितका घर

चौतारा, १० मंसिर ।
माथिल्लो भागको जमिन क्रमशः भास्सिने क्रम बढ्दो छ । बस्तीभन्दा तल्लो भाग विस्तारै बग्दै गइरहेको छ । इन्द्रावती गाउँपालिकाको नय“ा बस्तीमा फाटेको जमिनमै घर बनाइरहेका सिम्पालकाभ्रे चन्द्रमान तामाङ दिक्क छन् ।
६ लाखको लागतमा बनेको घरको एक लाख ऋण तिर्न मुस्किल बनेपछि दिक्क बनेका चन्द्रमान दोहोरो मारमा परेको महसुस गरिरहेका छन् । ‘यहाँ पनि जोखिम छ, कतिखेर यो बस्ती पुरा बग्छ थाहा छैन ।’ उनले भने ।
बस्ती जोखिममा भएपछि नयाँ बस्तीमा बसेको २५ परिवार अन्योलमा परेको सानो बसेरीकी सुकुमाया बम्जनले सुनाइन् । ‘अघिल्लो बर्खामा आगन पुरा फाट्यो, त्यसपछि यो घरमा निन्द्रा नै लाग्दैन, बर्खामा छिमेकी घरमा गएर बास बस्छौ, ’उनले भनिन् ।
त्यतिखेर हतारमा ६ लाख लिएर घर बनाएकी सुकुमायाले दुई लाख ऋण अझै तिर्न मुस्किल बनेको प्रष्ट्याइन् ।
जताततै धाँजा फाटेका भएकाले थोरै वर्षात् भएपनि यह“ाका विस्थापीत परिवारको होस्हवास उड्ने गरेको छ । भुकम्पको पराकम्पनले गर्दा सिम्पालकाभ्रेको सानो बसेरी, ठुलो कल्सा ,सानो कल्साजस्ता दर्जनौ बस्तीमा पहिरो लागेपछि ६२ परिवार विस्थापीत भए । भौतारिदै बुद्ध सामुदायिक बनमा पाल हालेर दुई वर्ष आश्रय लिएका विस्थापीत परिवारले धेरै पटक सदरमुकाम धाए ।
भुकम्पको तीनवर्षपछि बल्ल सरकारी विस्थापीत अनुदान दुई लाख पाएपछि सामुदायिक आत्मनिर्भर सेवा केन्द्र (सिएसआरसी)ले सहजीकरणमा ६२ परिवारको विभिन्न स्थानमा जग्गा किनेर बसे । ‘अन्यत्र भएका जग्गा एकदमै सुरक्षित स्थानमा बसेका छन् ,हामी जोखिममै घर बनाइरहेका छौ,’सुनमाया तामाङले भनिन् । आर्थिक स्रोतको अभावमा बसिरहेका यहाँका विस्थापीत पुनः विस्थापीत हुने त्रासमा रहेको उनले प्रष्ट्याइन् । उनकानुसार बर्खापिच्छै अविरल वर्षाले बस्तीको माथिल्लो र तल्लो भुभाग बग्दै गएसँगै बनेका घर भत्किदै गएका छन् ।
केही विस्थापीतले बगिरहेको क्षतिग्रस्त जमिनमुनी ऋण लिएर घर बनाइरहेको उनको भनाइ छ । ‘काम गरेर खान आफ्नै खेतबारी छैन्, अरुको मजदुरी गरेर ऋण तिर्नु कि परिवार पाल्नु ?,’उनले प्रश्न गरिन् । इन्द्रावती गाउ“पालिका वडा ४ का अध्यक्ष जगतमान ताल्चाभडेलले जग्गा जोखिमपूर्ण भएकोबारे जानकारी लिएको बताए । ‘यसबारे माटो परिक्षण गरेर मात्रै बस्ती बसाउने र जग्गा किन्ने प्रक्रिया हुनुपथ्र्यो, त्यहाँ केही समस्या देखिएको छ,’उनले भने ।
जग्गा किन्न बाध्य बनाइयो
इन्द्रावती गाउँपालिकाको सिम्पालकाभ्रेबाट विस्थापीत भएका २२ परिवार भुकम्पको पराकम्पनबाट आएको पहिरोबाट विस्थापीत भएपछि जोखिमपूर्ण नयाँ बस्तीमा बसिरहेका छन् । ‘त्यसबेला सरकारले दिएको रकम ‘आफुले भनेको जग्गामै नकिनेमा सरकारबाट आएको रकम पनि फर्काइदिने उनले धम्की दिएपछि सबैले माने, ’सुकुमाया बम्जनले दुखेसो गरिन् । कसैले पैसा दिने र प्लटिङ गरिदिने लोभले गर्दापनि जग्गा किनेको उनले सुनाइन् ।
यसबारे इन्द्रावती गाउँपालिका वडा ४ अध्यक्ष जगतमान ताल्चाभडेलले दुर्घटना भएपछि आफु आवश्यक कामले राजधानी गएकाले यसबारे केही जानकारी नभएको जनाए । ‘विस्थापीत र सरकारलाई डकुमेन्टे देखाउनेबारे सहजीकरण गर्ने काम हाम्रो हो, जग्गाको खरिदसम्बन्धी प्रक्रियामा हाम्रो कुनै हात हुदैन्,’ सामुदायिक आत्मनिर्भर सेवा केन्द्र (सिएसआरसी) का कुमार थापाले भने ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस