शनिबार, असोज ६, २०८०
गृहपृष्ठराजनीतिइन्द्रावती वडा ८ मा मत तान्ने होडबाजी

इन्द्रावती वडा ८ मा मत तान्ने होडबाजी


सिपापोखरे, ६ मंसिर ।
आउँदो मंसिर १४ मा हुने उपनिर्वाचनमा इन्द्रावती गाउ“पालिका वडा ८ मा वडाध्यक्ष पदका लागि उम्मेद्वारबीच होडबाजी चलेको छ । आफ्नो पक्षमा मत तान्ने होडमा उम्मेद्वार र पार्टीका कार्यकर्ता सक्रिय बनेका छन् ।
बुधवार वडाध्यक्ष पदको उपनिर्वाचनको लागि नेकपा, कांग्रेस, राप्रपा, समाजवादी पार्टी र राप्रपा संयुक्तले उम्मेद्वारी दर्ता गराएका थिए । पछि समाजवादी पार्टीबाट उम्मेद्वारी दर्ता गराएका प्रताप श्रेष्ठले उम्मेद्वारी फिर्ता गरेपपछि वडाअयक्ष पदका लागि चार जना चुनावी मैदानमा होमिएका छन् । नेकपाले स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा पराजित केदारनाथ आचार्यलाई पुनः उम्मेद्वार बनाएको छ । त्यसैगरी नेपाली कांग्रेसले पुराना राजनीतिक नेता अशोक तामाङ(राले)लाई उम्मेद्वार बनाएको छ । उनीहरुसँग क्रमशः राप्रपाका रणबहादुर तामाङ, र राप्रपा संयुक्तका ढकबहादुर श्रेष्ठ वडाअध्यक्षका लागि भिड्दैछन् ।
यो वडामा यसअघि कांग्रेसले जितेको थियो । वडाअध्यक्ष धनबहादुर श्रेष्ठको मृत्युपछि खाली बनेको अध्यक्ष पदको लागि दुई प्रतिस्पर्धी दल नेकपा र कांग्रेसले परिणाम आफ्नै पोल्टामा आउने दाबी गर्दै आएका छन् । नेपाली कांग्रेसका जिल्ला सभापति बिकास लामा र नेकपाका जिल्ला अध्यक्ष झम्क नेपालको गृहक्षेत्र इन्द्रावती गाउ“पालिका भएकाले दुवैलाई आफ्नै उम्मेद्वार जित्नुपर्ने दबाब बनेको छ ।
उक्त वडामा पहिलो स्थानीय तहको चुनावमा एक हजार १६ मत खसेको थियो भने ९ सय ४४ मत मात्रै सदर भएको थियो । तर पछिल्लो समय १८३ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
तत्कालीन माओबादी केन्द्रबाट वडा अध्यक्षका उम्मेद्वार केदारनाथ आचार्य नेपाली कांगे्रसका धनबहादुर श्रेष्ठसं“ग पहिलो निर्वाचनमा नौ मतको फरकमा हारे । वडा अध्यक्षमा बिजयी श्रेष्ठले ३६४ र पराजित आचार्यले ३५५ मत ल्याएका थिए । तत्कालीन एमालेले २२९ र राप्रपाका उम्मेद्वारले ४ मत मात्रै पाए ।
तत्कालीन एमाले र माओवादी केन्द्रको एकता प्रक्रियापछि साझा उम्मेद्वार आचार्यको मत केही बढ्ने अनुमान गरिएको छ । तर, इन्द्रावती गाउ“पालिकाको प्रमुख, उपप्रमुख कांग्रेसबाट बिजयी भएकाले नेपाली कांग्रेसको मत अधिक देखिएको छ ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!