बिहीबार, असोज १८, २०८०
गृहपृष्ठराजनीतिनेकपाले जितेको वडामा कांग्रेस नेता प्रमुख अतिथि, वडाध्यक्षले भने, ‘म नेकपा परित्याग गर्न तयार छु ।’

नेकपाले जितेको वडामा कांग्रेस नेता प्रमुख अतिथि, वडाध्यक्षले भने, ‘म नेकपा परित्याग गर्न तयार छु ।’


तातोपानी, २ मंसिर ।
भोटेकोसी गाउँपालिका वडा नं. २ मा सोमबार राजनीतिक परम्पराको ठ्याक्कै विपरीत ढंगले एउटा कार्यक्रम सम्पन्न भयो । जहाँ जनप्रतिनिधि नेकपाका थिए । अनि, प्रमुख अतिथि र अतिथि कांग्रेसका नेताहरु । भोटेकोशी गाउँपालिका २ मा तत्कालीन माओवादी केन्द्रबाट विजयी बनेका दिपेन्द्रकुमार श्रेष्ठले वडा कार्यालय भवनको शिलान्यास गर्न नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतलाई प्रमुख अतिथि बनाए ।
वडाअध्यक्ष श्रेष्ठले त्यति मात्रै गरेनन् । कार्यक्रममै भने, ‘म वडाको विकासका लागि नेकपा परित्याग गर्न तयार छु ।’ कार्यक्रममा वडाध्यक्ष श्रेष्ठले वडा कार्यालय बनाउनको लागि केन्द्रिय, प्रदेशदेखि जिल्ला नेता र गाउँपालिकामा गुहार माग्दा पर्याप्त सहयोग नपाएको दाबी गरे । ‘एउटा वडा कार्यालयको भवन निर्माणमा सहयोग गर्न उहाँहरुले आलटाल गर्नुभयो, मैले मन्त्री बस्नेतलाई सहयोग मागे, उहाँकै पहलमा माथिल्लो भोटेकोशी जलविद्युतबाट चाँडै वडा कार्यालय ठडिँदैछ,’ उनले कार्यक्रममाझ भने । ९० लाख बराबरको भवन बनाउन गाउँपालिकाले न्युन रकम छुट्याएर हेला गरेकाले बाध्य भएर यसरी जानुपरेको उनले तर्क गरे । भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेल, उपाध्यक्ष दाबुटी शेर्पासहित नेकपाका नेता तथा कार्यकर्तालाई शिलान्यास कार्यक्रमको निमन्त्रणा पठाएपनि नआएको उनले सुनाए ।
यस वडामा भइरहेको एक कार्यक्रममा स्थानीय वडावासीको प्रतिनिधिमूलक उपस्थिति थियो । कार्यक्रम स्थलछेवैमा निर्माण हुन लागेको वडा कार्यालय भवन शिलान्यासका लागि वडा कार्यालयले सबै तयारी पूरा गरेको थियो । निर्माण हुन लागेको सो वडाको शिलान्यस गर्न प्रमुख अतिथी को आउदैन् स्थानीय वडावासीको मनमा राम््रै खुल्दुली भइरहेको थियो शिलान्यास गर्न को आउँदैछ ?
सबैको कुतुहलता क्षणभरमै मेटियो । स्थानीय अचम्म मान्दै हेर्न थाले । शिलान्यासका लागि कम्युनिष्टका नेता नभइ नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत मञ्चमा प्रवेश गरे । मानिसहरु एकापसमा कानेखुसी गरिरहेका थिए । हेर्दाहेर्दै पूर्वमन्त्रीसमेत रहेका बस्नेतले भवनको शिलान्यास गरे । वडावासीले ताली पिटे । श्रेष्ठमात्रै होइन वडाका पाँचै जनप्रतिनिधि पूर्वमाओवादीबाट अत्यधिक मत पाएर निर्वाचित भएका थिए । वडामा कांग्रेस तेस्रो दलको रुपमा थियो । भोटेकोसीको पाँच वडामा पहिलो नंम्बरमा वडाकार्यालय भवन शिलान्यास गरिएको हो ।
गाउँपालिका प्रमुख राजकुमार पौडेल र उपप्रमुख दाबुटी शेर्पा पनि पूर्वमाओवादीबाटै निर्वाचित हुन् । पौडेल र शेर्पा नेकपाका जिल्ला सदस्यसमेत छन् । उनीहरु दुवैजना कार्यक्रममा आएनन् । त्यसो त नेकपाका नेता, कार्यकर्ता र शुभचिन्तक कोही देखिएनन् । कार्यक्रममा कांग्रेस नेताहरुको भने बाक्लो उपस्थिति थियो । प्रतिनिधिसभा क्षेत्र नं. १ का सभापति बालकृष्ण बस्नेत, तरुण दलका जिल्ला अध्यक्ष दोर्जे लामालगायत नेता कम्युनिष्टबाट जितेका जनप्रतिनिधिसँग मञ्चमा गफिँदै थिए । भवनको शिलान्यास गर्दै बस्नेतले कम्युनिष्ट मत भत्काउन सुरु गरेको दाबी गरे । नेकपाले जिल्लामा पद बाँडफाँड गर्दा चित्त नबुझेर श्रेष्ठ असन्तुष्ट थिए । नेकपा भोटेकोसी गाउँपालिका अध्यक्ष दाबी गरिरहेका श्रेष्ठलाई पार्टीले अन्तिम समयमा कुनै पदको जिम्मेवारी दिएन । तर, उनी कांग्रेस प्रवेश गरेका छैनन् ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!