Techie IT
Thursday, August 5,2021 / बुधबार, साउन २०, २०७८
×
गृहपृष्ठसमाचारगुन्सा हत्याकाण्ड : फरार आरोपी पक्राउ

गुन्सा हत्याकाण्ड : फरार आरोपी पक्राउ


लक्ष्मण विष्ट, मेलम्ची, २ मंसिर ।
कर्तव्य ज्यान मुद्दाका २ फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पाँचपोखरी थाङपाल गाउँपालिका ५ का २७ वर्षिय विजय लामाको हत्या गरि फरार रहेका आरोपीलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीकाअनुुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका वडा न ५ लामखर घर भएका बम बहादुर स्याङ्बो र मिलन स्याङ्बो रहेका छन् ।
उनीहरुलाई लुकिछिपी बसेको अवस्थामा काठमाडौंको गोकर्णेस्वरबाट प्रहरी निरीक्षक महेन्द्र दर्नालको कमाण्डमा खटिएको टोलीले पक्राउ गरेको हो । उनीहरु गत असोज ३० गते टाउकोमा खुकुरी प्रहार सोहि ठाउँका २७ वर्षीय विजय लामाको गरी हत्या फरार भएका थिए ।
उनीहरुलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!