शनिबार, असोज ६, २०८०
गृहपृष्ठसमाचारयुनियनका मिजारलाइ पैरवी पत्रकारिताद्धारा सम्मान

युनियनका मिजारलाइ पैरवी पत्रकारिताद्धारा सम्मान


चौतारा। कात्तिक २९ गते ।
मुलुकको पहिलो र ठूलो पत्रिका गोरखापत्र राष्ट्रिय दैनिक सिन्धुपाल्चोकका समाचारदाता एवं प्र्रेस युनियनका सदस्य चित्र कुमार मिजार शुक्रबार एक कार्यक्रममा पैरवी पत्रकारिता पुरस्कारद्धारा सम्मानित भएका छन् । राष्टिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीको बाहुलीबाट मिजार सम्मानित भएका छन् ।
खोजमुलक, आवाजबिहिनका आवाज, उत्पीडनको खबरदारी गर्दे पैरवी पत्रकारिता द्धारा समाजलाई सुचितित पारेको भन्दै मिडिया एड्भोकेसी फोरम नेपालले नेपालका सन्दर्भमा उत्पीडनका कारक तथा पैरवीका आयामहरु बिषयक कार्यक्रममा मिजारलाई सम्मान गरको हो । सो संस्थाका अध्यक्ष बिदुर अधिकारीले पत्रकार मिजारले पत्रकारिता मार्फत समाजलाई सदमार्गमा डोरयाएको योगदानको उच्च मूल्याङकन गर्दे सम्मान गरेको जानकारी दिएका छन् ।
पत्रकार मिजार सिन्धुपाल्चोकको पहिलो दलित समुदायको प्रतिनिधित्व गर्ने पत्रकार हुनुहुन्छ । उहाँले २०६० सालबाट स्थानीय पत्रपत्रिकाबाट पत्रकारिता गरेका थिए । मानविकी शास्त्रमा स्नात्तोकर गरेका मिजार निरन्तर पत्रकारितामा सक्रिय हुनुहुन्छ । निकै कष्टकर अबस्थामा पनि पत्रकारिता गर्दे आउनु भएका चित्र मिजारको उज्जवल भबिश्यको कामना गरिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!