बुधबार, असोज १७, २०८०
गृहपृष्ठकलानविन के भट्टराईले यसरी नचाए चौतारा 00भिडियो00

नविन के भट्टराईले यसरी नचाए चौतारा 00भिडियो00


चौतारा, २९ कात्तिक ।
पर्यटन वर्ष २०२० लाई भव्यताका साथ सफल पार्ने उद्धेश्यले आयोजित चौतारा रमाइलो मेला २०७६ भइरहेको छ । । मंसिर ३ गतेसम्म चल्ने मेला शुक्रबारबाट सुरु भएको हो । यो कार्यक्रममा ज्योति मगर, नवीन के भट्टराई, जितेन लेप्चा, कमला घिमिरे, कमल खत्री लगायत स्टार कलाकारले आफ्नो प्रस्तुति दिइसकेका छन् । अझै धेरै प्रस्तुति बाकी छ ।
मेलाको उद्घाटन चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले गरेका हुन् । मेलामा ख्यातीप्राप्त ४० बढी कलाकारले आ आफ्ना प्रस्तुति दिइरहेका छन् । जिल्लाको प्रमुख धार्मिक पपर्यटकीयस्थल गौराति जात्राको अवसर पारेर चौतारास्थित टुडिखेलमा मेलाको आयोजना गरिएको हो । आयोजक चौतारा साँगाचोकगढी नगरपालिका नगर खेलकुद विकास समितिकाअनुसार पर्यटन प्रवद्र्धनका लागि विविध सूचनामूलकसहित, हस्तकला, कृषि प्रवद्र्धन, छालाजन्य सामग्रीहरुको स्टलसमेत राखिएको छ । ४० रहेका स्टलमा होटल, कपडा, खेलौनालगायतकासमेत रहेको चौतारा रमाइलो मेलाका सहसंयोजक अमृतमान श्रेष्ठले जानकारी दिए ।


क्याटेगोरी : कला, समाचार, सिन्धु खबर टिभी
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!