आरोपीको बयान ‘सुरुवालले कस्सिएर मरेपछि गाडें’

लामोसाँघु, २५ कात्तिक ।
डेढ वर्षअघि फेसबुकमा भेटे । सातादिनको भेटले गफ बाक्लो बनाएपछि उनीहरुले नम्बर एकआर्कामा साटे । फोनबाट गफपछि भेट यतिले मात्रै पुगेन उनीहरु खुलेर एकआर्कालाई बुझ्न ,घुम्दै रमाउन थाले । बाह्रबिसे नगर वडा ४ पलातीका विवाहित ३३ वर्षे जिवनकुमार थापा र २० वर्षे अविवाहित प्रतिमा विक एकदमै घुमघाममा जमेका देखिन्थ्ये ।
लामोसा“घु चरिकोट सडक सुधार आयोजना अन्र्तगत ठेकेदार गौरीपार्वती ठेकेदार कम्पनी लागि एक्जाभेटर चालक थापा प्राया फिल्डमै स्वा“रातिर हुन्थ्ये । दर्जनौ पटकको भेटले दुवैको सम्बन्ध यति गहिरो बन्दै गयो कि स“गै पिउनेसम्मको होडमा पुगे । कात्तिक १ गतेको सा“झ उनीहरुले सधैझै एकआर्कालाई भेट्दै गफिए ।
घण्टौ लामोसा“घु चरिकोट सडक चहारिरहे । रात परेपछि दुवै सुनकोसी–७ स्वारास्थित (जुना कार्कीको )टहरामा बास बस्न पुगे । भुकम्पपछि नया घर बनेपछि कार्कीको टहरा खाली हुन्थ्यो । अघिपछि अनुमति लिएर त्यही बस्ने उनीहरुले त्यो दिन कार्कीलाई नसोधी टहरामा बसेर रक्सी प्रेम जमाउन थाले । अनि के थियो र फेरि रात नछिप्पिएसम्म गफि“दै रक्सी पिइरहे । रक्सीको नसालु रात अनि मिठो बात रक्सीले मातिसकेका जिवन र प्रतिमा धुत भएर एकैसाथ सुते ।
फेरि दुवैमा प्रेमको कुरा चल्दाचल्दै भनाभन सुरु भयो । एकआर्कामा जिस्किरहने थापाले ‘म अब मर्छु ’भन्दै विकको सुरुवाल जर्बजस्ती फुकालेर घाटीमा बेरे । घाटीमा जोडले सुरुवाल कस्दै प्रतिमालाई धम्क्याएजस्तो गरे । सुरुमै सुरुवाल तानेको रिस र मातेकी प्रतिमाको मन एकदमै कठोर बन्यो । दुई छोराका बुबा थापा र एकल ठिटी विक दुवैमा समाजले अस्विकार गर्ने विषयलाई लिएर झगडा झनै चौगुना बढ्यो ।
‘ल मर न’ भन्दै उसले बेरेको सुरुवाल उसकै घाटीमा बेस्सरी झनै कस्सिदिइन् । ‘उ हा“स्दै सुत्यो, म जंगिदै पल्टिए, ’उनले प्रहरीस“गको बयानमा भनिन् । झैझगडाले विकराल रुप लिएपछि आवेशमा रक्सीले बेहोस उनले सुरुवालले घाटी कस्सिदिएको प्रहरीसमक्ष स्वीकारिन् ।
दश बजेसम्मको गफ, रक्सालु झगडाको थकाई उनीहरु सुते । बिहान सबेरै प्रतिमाले उठेर थापालाई घचघच्याइन् । जत्ति बोलाउ“दा पनि थापा नउठेपछि आत्तिएकी प्रतिमाले टहरामालिक जुना कार्कीलाई गुहारिन् । मरेको निश्चित नै भएपछि दुवै खुबै आत्तिएपछि भाग्ने ठहरमा पुगे । शव टहरामा त्यत्तिकै छाडे या अलपत्र राखे झनै फस्ने देखिएपछि दुवैको योजनामा बच्न शवलाई मलखादछेउको बारीमा गाडे । बाहिर लगे देख्ने डर भएकाले तत्कालै दुवैले शवलाई छोपेर भाग्दै घरछेउकै परको जंगलमा पुगेर लुके ।
०७६ कात्तिक २ गतेसम्म एक्जाभेटर चालक थापा काममा नआएपछि स“गै कार्यरत साथीले खोजी सुरु गरे । खबर पाएलगत्तै प्रहरीले घटनास्थलमा अनुसन्धान बढाएर थापाको खोजी थाल्यो । कात्तिक ३ गते नै स्थानीय स्रोतको आधारमा मलखाडीछेउको शंकास्पद बारीमा उत्खनन् गर्दा थापाको शव फेला परेपछि त्यसकै वरीपरी प्रमाण जुटाउन प्रहरीले सोधपुछ थाल्यो । त्यसैदिन आफ्नै टहरा र घरमा लुकेर बसिरहेका सुनकोसी–७ स्वा“राकी विक र कार्कीलाई प्रहरीले फेला पा¥यो ।
प्रहरीको टोली देखेपछि त्रसित उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ थालेको इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले बताए । ‘पछिल्लो बयानमा आरोपी विकले सुरुवालले घा“टी कसेको स्वीकारेकी छिन्, हत्या भन्न नमिलेपनि, त्यसबारे कर्तव्य ज्यानको मुद्धा चल्नेछ,’उनले भने ।
वकिल र अदालती प्रक्रिया जारी
कर्तव्य ज्यान शिर्षकअन्र्तगत मुख्य आरोपी सुनकोसी ७ स्वाराकी प्रतिमा विक र सहयोगी जुना कार्कीबारे मुद्धा चलिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ‘बयानको क्रम सकेर हाललाई वकिल कार्यालयमा यसबारे प्रक्रिया हुदैछ,यसपछि अदालतमा थुनछेक बहस चल्नेछ,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक माधवप्रसाद काफ्लेले भने ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस