बुधबार, असोज १७, २०८०
गृहपृष्ठकलासुरु भयो चौतारा रमाइलो मेला

सुरु भयो चौतारा रमाइलो मेला


चौतारा, २२ कात्तिक ।
पर्यटन वर्ष २०२० लाई भव्यताका साथ सफल पार्ने उद्धेश्यले आयोजित चौतारा रमाइलो मेला २०७६ सुरु भएको छ । मंसिर ३ गतेसम्म चल्ने मेला आज (शुक्रबार)बाट सुरु भएको हो ।
मेलाको उद्घाटन चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले गरे । मेलामा ख्यातीप्राप्त ४० बढी कलाकारले आ आफ्ना प्रस्तुति दिनेछन् । जिल्लाको प्रमुख धार्मिक पपर्यटकीयस्थल गौराति जात्राको अवसर पारेर चौतारास्थित टुडिखेलमा मेलाको आयोजना गरिएको हो । आयोजक चौतारा साँगाचोकगढी नगरपालिका नगर खेलकुद विकास समितिकाअनुसार पर्यटन प्रवद्र्धनका लागि विविध सूचनामूलकसहित, हस्तकला, कृषि प्रवद्र्धन, छालाजन्य सामग्रीहरुको स्टलसमेत राखिएको छ । ४० रहेका स्टलमा होट, कपडा, खेलौनालगायतकासमेत रहेको चौतारा रमाइलो मेलाका सहसंयोजक अमृतमान श्रेष्ठले जानकारी दिए ।
मेलामा बालउद्यान, रोटेपिङ, नाउ, ड्रागन, मिकी माउस, मारुती सर्कस,लगायत खेलको मज्जा लिन पाइनेछ । सह संयोजक श्रेठमाअनुसार कार्यक्रमलाई थप भब्य बनाउन राष्ट्रिय स्तरमा ख्याती कमाएका कलाकारहरु नवीन के भट्टराई, उदेश श्रेष्ठ, कमल खत्री, रुपक डोटेल, जितेन लेप्चा, हरि कर्माचार्य, प्रमोद निर्वाण, चन्द्रसिं घले, काउली बुढी, पशुपति शर्मा, ज्योति मगर, रोज मोक्तान, नवराज घोरासैनी, जितु नेपाल, शिवहरी नेपाल, घमेश दुलाल, संजिव पुडासैनी, इन्दिरा गोले, उर्गेन लामा, कमला घिमिरे, आयुष्मा कार्की, धिताल चिरिच्याँट्ट, आसमान लोप्चन, अमृत भारती, सागर सरगमलगायत स्थानीय कलाकारहरुले प्रस्तुति दिनेछन् ।


क्याटेगोरी : कला, समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!