गृहपृष्ठ ∕ समाचार ∕ सवारी दुर्घटना : महिनादिनमा ३३ को मृत्यु सवारी दुर्घटना : महिनादिनमा ३३ को मृत्यु Sindhu Khabar कात्तिक २१, २०७६ गते १६:४७ मा प्रकाशित चौतारा, २१ कात्तिक । सिन्धूूपाल्चोकमा पछिल्लो एक महिनामा सवारी दुर्घटनाबाट ३३ को मृत्यु भएको छ । जिल्लाको विभिन्न समय र स्थानमा भएको पाँच दुर्घटनामा एक सय ५९ घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार गएको असोज दोस्रो साता चौतारामा बसको ठक्करले एक बालिकाको मृत्यु भएयता सुनकोशी दुर्घटना समेत गरि ३३ को मृत्यु भएको छ । कार्यालयका डिएसपी माधवप्रसाद काफ्लेका अनुसार त्यसपछि भोटसिपा दुर्घटना, चौतारा मोटरसाइकल दुर्घटना, मेलम्चीमा मिनिटक दुर्घटना र सुनकोशी दुर्घटना रहेका छन् । भोटसिपामा ११, मोटरसाइकलमा एक, मिनि टकले ठक्कर दिँदा एक र सुनकोशी दुर्घटनामा १९ जनाको ज्यान गएको थियो । त्यस्तै गरि भोटसिपामा एक सय ९ र सुनकोशी दुर्घटनामा ५० यात्रु घाइते भएका थिए । बसमा क्षमता भन्दाबढीे यात्रु बोक्ने र ग्रामीण क्षेत्रका सडकको स्तरउन्नति नभएकै कारण दुर्घटना भएको हो । जिल्लाका विभिन्न ठाँउमा भएको दुर्घटनामा सबै भन्दा बढी दुर्घटना हुने सवारी साधानमा मोटर साइकल र स्कुटर रहेका छन् । दुर्घटनाको कारण कच्ची सडक, चालकको लापरबाही, गाडिको तीब्र गति र यात्रुले जथाभावी बाटो काट्ने प्रवृत्ति र क्षमता भन्दाबाढी यात्रु बोक्दा दुर्घटना भएको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालयले दुर्घना न्यूनीकारणका लागि जन चेतनामुलक कार्यक्रम सन्चालन गरी सवारी चलाकलाई सम्मान,घुम्ती प्रशिक्षण,मापसे जाँचमा कडाइ गरेपनि अझै दुर्घटना न्यूनीकरण भएको छैन् । क्याटेगोरी : समाचार ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पत्रकार महासंघ सिन्धुपाल्चोकमा श्रेष्ठ, बाम गठबन्धनको प्यानलै विजयी (कस्को कति… पत्रकार महासंघ सिन्धुपाल्चोकको अध्यक्षमा ४ को उम्मेद्वारी, कुल ४९ ले… हिमालय सीमापार वाणिज्य संघको अधिकांश पदाधिकारी निर्विरोध नेपाल पत्रकार महासंघ चुनाव: केन्द्रीय समितिमा अध्यक्षसहित सिन्धुबाट ५ काे… धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६स्वास्थ्य केन्द्रका राई तीन महिनादेखि बेपत्ता ७लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेसमा सोलुखुम्बूका सुमन प्रथम ८यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो