शनिबार, असोज ६, २०८०
गृहपृष्ठसमाचारसुकुटे दुर्घटना : वेवास्ता गरेको भन्दै सडक ठप्प

सुकुटे दुर्घटना : वेवास्ता गरेको भन्दै सडक ठप्प


सुकुटे, १८ कात्तिक ।

१८ जनाको ज्यान जाने गरि भएको सुकुटे बस दुर्घटनाका मृतकका परिवारले वेवास्ता गरिएको भन्दै सडक ठप्प पारेका छन् । सुकुटे घटनास्थलबाट पीडित परिवारले अरनिको यातायात समितिले कुनै सुनुवाइ नगरिकन रुखो व्यवहार देखाएको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।
‘दश बजेसम्म समय दिएपछि कु¥यौ, उहाँहरु १२ बज्दापनि आउनुभएन, फेरि फोनबाट बुझ्न खोज्दा उल्टै धम्क्याइयो,’ बाह्रबिसे प्राथामिक स्वास्थ्य केन्द्रबाट आन्दोलन गर्दै सुकुटेमा सडक अवरोध गरिरहेका मृतकका आफन्त दोलखा शैलुंगश्वरी वडा ४ का मनोज घिसिङले आक्रोश पोखे । बाह्रबिसे प्राथामिक स्वास्थ्य केन्द्रबाट शव बुझ्नुअघि छलफलको लागि अरनिको वा शैलुंगेश्वरी यातायातका प्रतिनिधि,प्रमुख जिल्ला अधिकारीसहित प्रहरी प्रमुख आउने पक्का भएको उनले सुनाए ।
‘तर, घण्टौ कुर्दा पनि कोही नआएपछि आन्दोलनमा उत्रिन बाध्य भयौ, सरकार र समिति दुवैले मान्छे मरेको किराझै सम्झे,’ उनले भने । शैलुंगेश्वरी वडा ४ का ७० वर्षकी उरमाया मोक्तान दुर्घटनामा गुमाउनुपरेपछि भावविह्वल छोरा मनोजले थोत्रो सवारीकै कारणले धेरैको ज्यान गएको दाबी गरे ।
‘४० हजार दिने रुखो जवाफ हामीले पायौ,पैशाको लागि हामीले आन्दोलन गरेका होइनौ, कतिन्जेल यसरी ज्यान गुमाउने ? किन यस्तो लार्पवाही गरिदैछ ?,’शैलुंगेश्वरी वडा ९ का नवराज कार्कीले भने । दुर्घटनामा शैलुंगेश्वरी वडा ३,४,५ मा मात्रै दश जनाको ज्यान गएको उनले बताए । सडक पूर्ण रुपमा अवरोध भएपछि सडकमा भिड बढ्न थालिसकेको ट्राफिक राधेश्याम जंगमले बताए । ‘यहाँको वातावरण सहज बनाउन लागेका छौ,’उनले भने ।
्आइतबार दिउसो दोलखाबाट काठमाण्डौ जा“दै गरेको बा २ ख ७२४५ नम्बरको यात्रु बस सुकुटेमा नदीमा खस्दा १८ जनाको मृत्यु भएको थियो । शैलुंगेश्वर यातायातको यात्रु बस अन्दाजी १ बजे सुकुटे सडकछेउबाट अनियन्त्रित भइ ७६ फिट तल खसेर क्षतिग्रस्त भयो । शव सनाखतपछि लिन पुगेका मृतकका परिवारसग समिति छलफलमा नआएपछि आन्दोलन सुरु भएको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!