बुधबार, असोज १७, २०८०
गृहपृष्ठसमाचारसुकुटे दुर्घटना ; र्‍याफ्टर र स्थानीयले बचाए ४० बढीको ज्यान

सुकुटे दुर्घटना ; र्‍याफ्टर र स्थानीयले बचाए ४० बढीको ज्यान


चौतारा, १८ कात्तिक ।
सुनकोशी नदिमा बस दुर्घटना भएको खबर सुनेलगत्तै अरनिको राजमार्ग अन्तर्गत सुकुटे बजारमा रमेश खड्का हतारिदैं घटनास्थल पुग्न लागे । सुनकोशी खोलाको माथिबाट मान्छे बग्दै आएको देखेपछि उनीसहित सुकुटेका युवाहरु कपडा खोलेर उद्धारका लागि सुनकोशी खोलामा पसे ।

खोलाले बगाएर मान्छेको शरिर देखेपछि गाउँका सबै खोलामा उद्धारका लगि हाम फालेका थिए । स्थानीय समाजसेवी रमेश खड्काले भने, ‘दुर्घटना भएको पाँच मिनेटमै हामी खोलामा हामफल्यौं,’ रमेहले भने, ‘कपडा खोलेर नांगैं गयौं? धेरैलाई बचाउन सफल पनि भइयो ।’ उनले स्थानीयवासी र सुकुटेमा रहेका रिसोर्टले उद्धारमा सहयोग गरेको बताए ।

दुर्घटना हुनासाथ सुकुटेमा रेका रिसोर्टले उद्धारका लागि ¥याफ्टिङ खटाएका थिए । स्थानीय रमेश खड्काका अनुुसार सुनकोशी नदिमा आसपास चलेका आधा दर्जन बढी रिसोर्टले उद्धारका लागि तत्काल ¥याफ्टिङको प्रयोग गरेका थिए । सुकुटे बीच् रिसोर्टका सञ्चालक महेन्द्रसिं थापाकाले दुर्घटना हुनासाथ आफूसँग भएको सबै ¥याफ्टिङ प्रयोग गरेका बताए । दुर्घटना भयो, कसरी मानवीय क्षति कम गर्न सकिन्छ भन्ने हाम्रो ध्यये थियो, त्यसैले भएको सबै ¥याफिटङ प्रयोग गरेका हौ । सञ्चालक थापाले भने ।
उद्धारमा स्थानीयवासीक धेरै महत्वपूर्ण भूमिका रहेका समाजसेवीसमेत रहेका रमेश खड्का बताउँछन् । उनकाअनुसार बस सुनकोशी खोलामा खसेपछि खोलाले बगााएका ४० बढीलाई उद्धार गरिएको हो । १० वटा शव स्थानीय र ¥याफिटङले निकालेको थियो । अहिले घाइते भएका चालीस बढी सबैलाई स्थानीय र ¥याफिटङले उद्धार गरेको हो ।

¥याफ्टिङबाट रिभर वे रिसोर्ट, माया बीच, भोटेकोशी रिसोर्ट, सुनकोशी बीचसहित, सुकुटे सुवा क्लब, ¥याफ्टििङ स्टारले उद्धार गरेको थियो । अरनिको राजमार्ग अन्तर्गत चौतारा साँगाचोकगढी नगरपालिका ९ स्थित सुकुटेमा बस दुर्घटना हुँदा १७ जनाको ज्यान गएको छ । दोलखाको मुडे देउरालीबाट काठमाण्डौंका लागि छुटेको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदिमा खस्दा १५ जनाको घटनास्थलमै मृत्यु भएको हो । उपचारका क्रममा धुलिखेल अस्पताल र शीर मेमेरियल अस्पतालमा थप एक, एक को मृत्य भएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार मृतक १७ मध्ये १२ महिलामा दुई बालिका र पाँच पुरुषमा ३ बालक रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधवप्रसाद काफ्लेका अनुसार सनाखत भएकाहरुमा दोलखा भीमेश्वर नगरपालिकाकी २४ वर्षिया रञ्जिता केसी, त्रिपुरा सुन्दरी गाउँपालिका ४ सिन्धुपाल्चोककी २७ वर्षिया चमेली श्रेष्ठ र उनकी ६ वर्षिया छोरी साइरानी श्रेष्ठ, दोलखा शैलुङ गाउँपालिका ३ की ५१ वर्षिया रत्नकुमारी राउत, सोही स्थानका ३ वर्षिय सिसन तामाङ रहेका छन् । बाँकीको पहिचान हुन बाँकी रहेको डिएसपी काफ्लेले बताए । प्रहरीका अनुसार शैलुङ गाउँपालिका ४ की बालिका सलिना तामाङ र शैलुङ गाउँपालिका ५ की चेतकुमारी बस्नेतको मृत्य भएको पुष्टी भएको हो । धुलिखेल अस्पतालमा बस्नेतको र शीर मेमोरियलमा तामाङको मृत्यु भएको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!