गृहपृष्ठ ∕ समाचार ∕ सुकुटे बस दुर्घटना ; मृत्यु हुनेको संख्या १८ पुग्यो (अपडेट) सुकुटे बस दुर्घटना ; मृत्यु हुनेको संख्या १८ पुग्यो (अपडेट) Sindhu Khabar कात्तिक १७, २०७६ गते १४:०५ मा प्रकाशित सुकुटे, १८ कात्तिक । अरनिको राजमार्ग अन्तर्गत सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ । दोलखाको मुडे देउरालीबाट काठमाण्डौंका लागि छुटेको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदिमा खस्दा १५ जनाको घटनास्थलमै मृत्यु भएको हो । उपचारका क्रममा धुलिखेल अस्पताल र शीर मेमेरियल अस्पतालमा थप एक, एक को मृत्य भएको प्रहरीले जनाएको छ । आज सुनकोशी बगरमा एक शव फेला परेुँगै मृत्यु हुनेको संख्या १८ पुगेको हो । बगरमा २३ वर्षिय विजय तामाङको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार मृतक १८ मध्ये ११ महिलामा दुई बालिका र ६ पुरुषमा ३ बालक रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधवप्रसाद काफ्लेका अनुसार सनाखत भएकाहरुमा दोलखा भीमेश्वर नगरपालिकाकी २४ वर्षिया रञ्जिता केसी, त्रिपुरा सुन्दरी गाउँपालिका ४ सिन्धुपाल्चोककी २७ वर्षिया चमेली श्रेष्ठ र उनकी ६ वर्षिया छोरी साइरानी श्रेष्ठ, दोलखा शैलुङ गाउँपालिका ३ की ५१ वर्षिया रत्नकुमारी राउत, सोही स्थानका ३ वर्षिय सिसन तामाङ रहेका छन् । प्रहरीका अनुसार शैलुङ गाउँपालिका ४ की बालिका सलिना तामाङ र शैलुङ गाउँपालिका ५ की चेतकुमारी बस्नेतको मृत्य भएको पुष्टी भएको हो । धुलिखेल अस्पतालमा बस्ननेतको र शीर मेमोरियलमा तामाङको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधवप्रसाद काफ्लेकाअनुसार दुर्घटना ठूलो भएकाले क्षति बढ्न सक्ने छ । उनले अहिले उद्धार कार्य जारी रहेको जानकारी दिए । यात्रुलाई नदिले बगाएको हुन सक्ने भएकाले सुनकोशी नदिमा खोजीक्रम जारी छ । क्याटेगोरी : समाचार ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पत्रकार महासंघ सिन्धुपाल्चोकमा श्रेष्ठ, बाम गठबन्धनको प्यानलै विजयी (कस्को कति… पत्रकार महासंघ सिन्धुपाल्चोकको अध्यक्षमा ४ को उम्मेद्वारी, कुल ४९ ले… हिमालय सीमापार वाणिज्य संघको अधिकांश पदाधिकारी निर्विरोध नेपाल पत्रकार महासंघ चुनाव: केन्द्रीय समितिमा अध्यक्षसहित सिन्धुबाट ५ काे… धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६स्वास्थ्य केन्द्रका राई तीन महिनादेखि बेपत्ता ७लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेसमा सोलुखुम्बूका सुमन प्रथम ८यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो