Techie IT
Thursday, October 29,2020 / बिहीबार, कात्तिक १३, २०७७
×
गृहपृष्ठसमाचारसिन्धुपाल्चोकबाट काठमाण्डौं जाँदै गरेको बस दुर्घटना, तीनको मृत्यु

सिन्धुपाल्चोकबाट काठमाण्डौं जाँदै गरेको बस दुर्घटना, तीनको मृत्यु


भोटेचौर, १४ कात्तिक ।

सिन्धुपाल्चोकबाट काठमाण्डौंका लागि छुटेको बस दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । सिन्धुपाल्चोकबाट हिँडेको आमा ह्योल्मो यातायातको बा ५ ख ५०७० नम्बरको बस दुर्घटनामा परेको हो ।
बस काठमाडौंको लप्सेफेदीमा बस दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा २० जनाभन्दा बढी घाइते छन् ।
तीनजनाको घटनास्थलमै मृत्यु भएको र घाइते सबैको उद्धार गरिएको छ । ओरालोमा चिप्लिएर बस दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस