बिहीबार, मंसीर २३, २०७८
गृहपृष्ठसमाचारअत्याधुनिक सुविधासहितको विद्यालय भवन हस्तान्तरण

अत्याधुनिक सुविधासहितको विद्यालय भवन हस्तान्तरण


साँगाचोक, १४ कात्तिक ।
भूकम्पपछि पुनर्निर्माण गरिएको १८ विद्यालयलाई समुदायमा हस्तान्तरण गरिएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यमा भवन हस्तान्तरण गरिएको हो । विद्यालयको जर्मनी सहयोगी संस्था नेपाल हिल्फे वाइलेंग्रिसले पुनर्निर्माण गरेको हो ।
हिल्फेका जिल्ला कोअर्डिनेटर श्याम पण्डितले दिएको जानकारीअनुसार चौतारा साँगाचोकगढी नगरपालिकाभित्र नेपाल– हिल्फेले १८ विद्यालय निर्माण गरेको छ । भूकम्पअघि बनेका सात र नवनिर्मित ११ भवन बनाउन करिब ४० करोड लागेको उनले बताए । भूकम्पले भत्काएका सात विद्यालयलाई रेट्रोफिटिङ विधिबाट प्रबलिकरण गरिएको हो । सात करोड १८ लाखमा नवनिर्माण गरिएको जनजागृति माविमा शैक्षिक गुणस्तर बृद्धिका लागि अत्याधुनिक सुविधासहितको भवन निर्माण गरिएको हो । हिल्फेले निर्माण गरेका सबै विद्यालयमा विज्ञान प्रयोगशाला, पुस्तकालय, शौचालय र अन्य सुविधा उपलब्ध छन् ।
साँगाचोक भञ्ज्याङमा रहेको जनजागृति माध्यमिक विद्यालयको नवनिर्मित भवनमा आयोजित कार्यक्रममा एकमुष्ठ उद्घाटनपश्चात सबै विद्यालय समुदायलाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा संघीय सांसदद्वय अग्निप्रसाद सापकोटा, शेरबहादुर तामाङ, ३ नं. प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलाल, प्रदेश सांसद सरेश नेपाल, पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतलगायतले बोलेका थिए ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!