शुक्रबार, कात्तिक ५, २०७८
गृहपृष्ठसमाचारनवलपुरमा निःशुल्क स्वास्थ्य शिविर हुने

नवलपुरमा निःशुल्क स्वास्थ्य शिविर हुने


नवलपुर, १३ कात्तिक ।

इन्द्रावती गाउँपालिकास्थित नवलपुरमा निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । इन्द्रावती गाउँपालिकाको आयोजनामा नवलपुर प्राथमिक अस्पतालमा कात्तिक १५ गते शिविर हुन लागेको हो ।

रोटरी क्लब अफ महाराजगञ्ज तथा सयूंक्त राज्य अमेरिकास्थित रोटरी क्लबहरुको सहयोग तथा सह आयोजनामा शिविर हुन लागेको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष वंशलाल तामाङका अनुसार अनुभवी नेपाली डाक्टरसहित अमेरिकाबाट १७ जना स्वास्थ्य भिजिटरहरु शिविरमा आउनेछन् ।

शिविरमा दाँत, आँखा, नाक, कान घाँटी, भिडियो एक्सरे, स्त्री रोग, हड्डीको रोगबारे निशुल्क उपचार गरिनेछ । यीसहित सामान्य चिकित्साको उपचार गरिने शिविरमा सबैलाई उपचारका लागि आउन गाउँपालिकाले आव्हान गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!