बटुवाकाे सुविधाका लागि विश्राम चाैतारी
थुम्पाखर, १३ कात्तिक ।
सुनकोसी गाउँपालिका वडा न ६ का युवाहरुले फेसबुक अभियान मार्फतनै आर्थिक संकलन गरी यात्रु तथा बटुवाहरुको सुबिधाको लागि बिश्राम चौतारीको निर्माण गर्न सफल भएका छन् । गोवर्धन पूजाका दिन वडा नं ६ का अध्यक्ष रामकुमार थापा मार्फत उद्घाटन गरिएको सो बिश्राम चौतारीमा वडा कार्यालयले समेत १ लाख सहयोग थप गरिदिएको थियो ।
आफ्नो गाउँको बिकासका निमित्त थुम्पाखरका युवाहरु एकिक्रित भई २०७४ सालमा थुम्पाखर एकता समाज नामक संस्थाको स्थापना गरी बिभिन्न सामाजिक कृयाकलापमा संलग्न हुँदै आएका छन । चौतारी उद्घाटनको अवसरमा थुम्पाखर एकता समाजका सदस्य यज्ञराज कार्कीले हालसम्म सो संस्थामा १ सय दश जनाले सदस्यता लिई सकेको र आगामी १ बर्षमा २०० जना युवाहरुलाई सो समाजमा आवद्द गराउने योजना रहेको बताए। आफ्नो संस्थामा माइण्ड (दिमाख), मसल्स ( शारिरिक ताकत) र मनी (पैसा) यि ३ शक्तीले भरिपूर्ण रहेको बताउँदै कार्कीले आगामी दिनमा थुम्पाखर एकता समाज सामाजिक बिकासको पाटोमा गाउँपालिकाकै अब्बल संस्थाको रुपमा स्थापित हुने बताए।
समाजका कोशाध्यक्ष हरी कार्किले चौतारी निर्माण गर्नको लागि दाताहरु मार्फत २ लाख ४५ हजार संकलन भएको र निर्माण कार्यमा १ लाख ६५ हजार मात्र खर्च भएको जानकारीदिए । त्यस्तै कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथी रामकुमार थापाले आफु कुर्सीमा पुग्न नभई गाउँ बिकास गर्नको लागि चुनाव लडेको र सोही अनुरुप दिनगन्ती गर्दै काम गरिरहेको बताए। उनले आफ्नो वडामा कुनै बेरुजु रकम नरहेकोले भ्रस्टाचार समेत नभएको जिकिर गर्दै भने, ” म कुनै एक राजनैतीक कार्यकर्ताको रुपमा होइन जनताको प्रतिनिधिको रुपमा काम गरिरहेको छु र सोही अनुरुप काम गर्दै जानेछु ।”
थुम्पाखर एकता समाजका अध्यक्ष रामकाजी भण्डारीले आफ्नो गाउँ बिकासका निमित्त आफुबाटै सुरुवात गर्नु पर्ने बताउँदै सरकारको मात्रै भर पर्ने प्रवित्ती त्याग्नु पर्ने बताए। ” स्थानीय सरकार र स्थानीय जनताको हात्तेमालोले मात्र बिकासले गती लिन्छ भन्ने यथार्थलाई मनन गरेर थुम्पाखर एकता समाजको गठन भएको हो अब थुम्पाखरमा बिकासको अभियानले झन् गती लिन्छ । ” उनले भने,
उधोग बाणीज्य संघ (सिन्धुपाल्चोक) का सदस्य रामचन्द्र कार्की, थुम्पाखर एकता समाजका संस्थापक अध्यक्ष दिपेश भण्डारी लगायतको उपस्थिती रहेको सो बिश्राम चौतारी उद्घाटनको अवसरमा खैजडी भजन प्रस्तुतिकरणका साथै चन्दा दाताहरुलाई सम्मान समेत गरिएको थियो ।
क्याटेगोरी :
समाचार,
समाज
ट्याग : #breaking