बुधबार, असोज १७, २०८०
गृहपृष्ठसमाचार१५ लाखको हिसाब नै छैन, अस्तव्यस्त दुईसय वर्ष पुरानो बसन्तेश्वर

१५ लाखको हिसाब नै छैन, अस्तव्यस्त दुईसय वर्ष पुरानो बसन्तेश्वर


लामोसाँघु, ८ कात्तिक ।
सुनकोसी गाउँपालिका वडा नं. ७ बसन्तपुरस्थित दुईसय वर्ष पुरानो बसन्तेश्वर महादेव संरक्षण नगरिँदा अलपत्र परेको छ । पुजारी निकालिएपछि संरक्षण अभावमा बेवारिसे बनेको बसन्तेश्वर मन्दिरको संरचना क्रमशः जीर्ण बन्दै गएको जनगुनासो आउन थालेको हो । वर्षातको कारण जमेको पानीले गर्दा प्राचिन शिवलिंगसँगै नागको शिलाको आकारमा प्रत्यक्ष असर परेको प्रत्यक्षदर्शीले बताएका छन् ।
‘मन्दिरको व्यवस्थापन समिति, स्थानीयले एउटा सेवक राख्न सकेनन्, पुरातात्विक महत्व बोकेको मन्दिर यत्तिकै थन्कियो, प्रचारमा ध्यान दिएन्,’ एक स्थानीयले आक्रोश पोखे । उनले अनेक बाहाना बनाएर बजेट पार्ने काम भएपनि महत्वपूर्ण तिर्थस्थल बसन्तेश्वर महादेवलाई यत्तिकै छाडिएको गुनासो गरे ।
प्रवेशद्धार, वरीपरी घेरिएका संरचना टुट्दै आएका छन् । महाकाली, सरस्वतीको मुर्तीको पुजाआजा भएको छैन् । ‘यहाँ एउटा सामान्य दियालो पनि बलेको छैन, जसको कारणले सम्पूर्ण धार्मिक मन टुटेको छ,’ उनले भने ।
जिल्लाभर दुई दर्जनभन्दा बढी हिन्दुका अराध्यदेव देवाधिदेव महादेवको पुरानो स्मरण जोडिएको धार्मिकस्थल छन् । शिवपुराण, उपनिषिदमा व्याख्या गरिएको र ईश शिवले तपस्याको लागि रोजेको हिमालय, कैलाश मानसरोवर जानुअघिको संरचना हिमाल, पहाडी इलाकामा छन् । पश्चिम हेलम्बु, पाँचपोखरी, मेलम्ची, दोलालघाट हुँदै लामोसाँघु बसन्तपुर, बाह्रबिसेदेखि पूर्व तातोपानीसम्म महादेवको पुराना मन्दिर छन् । वर्षौ पुराना प्राकृतिक संरचनामै बनेको फैलिएको भुभागमा हिन्दु धर्मका खोजी, सन्तदेखि अनेक परम्पराका योगीको तपस्यास्थल मानिएको छ ।
चारैतिर फैलिएको मन्दिरछेउमा चर्चित स्वामी हंसानन्द,बसन्तलगायतका अनेक ऋषिमुनीले तपस्या गरेको मानिन्छ ।
सुरुको दुव्र्यवहार
०७५ असोज ६ गते बसन्तेश्वर महादेव मन्दिरमा सेवाको लागि खटिएको उदयपुरका डिल्लीराम आचार्यलाई हिजोजस्तो लाग्छ । उनले मन्दिरमा दैनिक पुजाआजा, दिप, ध्वजा मन्त्रोच्चारण सबै विधिसहित संघर्ष गरे । सरासर उनले मन्दिरको पुजारी बनेर एक वर्ष बिताए । महाकाली, सरस्वतीदेखि बसन्तेश्वर महादेवको सेवामा खटेका पुजारी आचार्यले भूकम्पअघि मन्दिरको यज्ञमा खटिए ।
उनकाअनुसार मन्दिरमा शिवपुराण लगाएर बालाचर्तुदशीमा सकिएपछि फर्जी बिल प्रयोग गरियो । पुराणमा लगाएबापत आएको दक्षिणा ५ लाखको हिसाबकिताब नदेखाएपछि उनले विरोध गरे । ‘त्यतिखेर समितिकै शिव कार्कीले मलाई दुव्र्यवहार गरे,’ पुजारी आचार्यले सिन्धुखबरसँग भने ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!