शनिबार, असोज ६, २०८०
गृहपृष्ठसमाचारसिस्नुको उत्पादनलाई अर्गानिक ब्रान्ड बनाउन पहल

सिस्नुको उत्पादनलाई अर्गानिक ब्रान्ड बनाउन पहल


नवलपुर, ५ कात्तिक ।
गाउँमै गरिएको सिस्नु खेतीबाट भएको उत्पादनलाई अर्गानिक ब्रान्ड बनाएर विक्री गर्नका लागि महिलाहरु एकजुट भएका छन् । इन्द्रावती गाउँपालिका २ कुञ्चोकमा उत्पादित सिस्नुका पाउडरलाई बान्ड नाम दिएर बजारीकरण गर्ने अभियानमा महिलाहरु सक्रिय बनेका हुन् ।
कुञ्चोकका महिलाहरुले बाँझो बसेर खेर गइरहेको जग्गा तथा करेसाबारीमा सिस्तु खेती गरेका छन् । जौडा“डा महिला बहुउदेश्यीय सहकारी संस्थाका सदस्यहरु खेतबारीका केही भागमा सिस्नुलाई व्यवसायिक रुपमा लगाएका हुन् ।
इन्द्रावती गाउ“पालिका वडा २ कुञ्चोक जौडा“डाकी निर्मला सुनारले सिस्नु खेती व्यवसायिक रुपमा विकास भएको सुनाइन् । सुरुमा सिस्नु खेती गर्दा गाउँवासीले गिज्याए पनि अहिले यसले व्यवसायिक रुप दिएपछि अन्य महिला दिदी बहिनीहरु पनि यसतर्फ आकर्षित भएको उनले बताइन् । ‘अब सिस्नुको धुलो प्याकेटमा बिक्री गर्छौ, चाहिएमा हरियो सिस्नु पनि उपलब्ध गराउँछौं ।’ उनले भनिन् । अहिले स्थानीय नवलपुर बजारमा रहेका पसलबाट सिस्नुको धुलो विक्री भइरहेको छ ।
माग आएअनुसार मेलम्ची र चौतारा बजारसम्म यहाँको उत्पादन पुग्ने गरेको छ । धेरै लगाएर सिस्नु बेच्ने भन्ने छलफल सहकारीमा चलेपछि महिलाहरुले यसको खेती सुरु गरेका हुन् । सिस्नुलाई पाउडर, हरियो सिस्नुदेखि सिस्नुबाट बन्ने अनेक परिकारको उत्पादन गर्ने गरेको जौडा“डा महिला बहुउदेश्यीय सहकारी संस्थाकी अध्यक्ष रति थापा मगरले बताइन् । ‘यसलाई एउटा ब्रान्ड नाम दिएर राजधानीलगायत अन्य स्थानमा पु¥याउने लक्ष्य राखेका छौं,’ अध्यक्ष रतिले भनिन्, ‘यसका लागि गाउँपालिकामा कुरा गरेका छौं ।’
सिस्नु उत्पादन र बिक्रीको बारेमा सुरुमा दश जनाको महिलाले कृषि उत्पादनमा सिस्नुलाई रोजेका हुन् । अहिले गाउँका अन्य महिलालेसमेत सिस्नु खेती गरेका छन् । ‘सुस्नु उत्पादन गर्न थालेयता हाम्रो छुट्टै पहिचान बनेको छ ।’ सहकारीको अध्यक्ष थामामगरले भनिन् । सिस्नुबाट महिला समुहले अहिलेसम्म मासिक १५ हजारसम्म आम्दानी गर्दै आएको छ । ‘उत्पादन धेरै ठूलो परिणाममा हुने थालेपछि बजारको खोजीमा छौं,’ व्यवसायिक सिस्नु खेतीमा रमाएकी सुन्तली नेपालीले भनिन्, ‘त्यत्तिकै खेर गइरहेको सिस्नुबाट घरखर्च चल्ने रहेछ ।’ वरीपरी यत्तिकै उम्रिरहेका सिस्नुलाई पनि त्यत्तिकै खेर जान दिनुभन्दा बजारीकरण गर्नमा जोड दिनुपर्ने उनको भनाइ छ ।


अक्सफाम र महिला आत्मनिर्भरता केन्द्रले सिस्नु धुलो पार्ने मेसिन दिएपछि महिलाहरुले यो खेती सुरु गरेका हुन् । २५ जनाको महिला सदस्यीय सहकारी भएपनि दश जनाले सिस्नुलाई व्यापारमा ल्याउनमा विभिन्न संस्थाले तालिम, मेसिन उपलब्ध गराएको थियो । सिस्नुको अर्गानिक उत्पादन देखेपछि गाउ“मा यसको लहर चलेको छ । गाउ“लेले खेतबारीमा सिस्नुको उत्पादन बढाउन थालेपछि महिलाको समूहमा झनै उत्साह बढेको छ । ठुलो परिणाममा उत्पादन हुन थालेपछि बजारको लागि गाउँपालिकालाई सहकारीले अनुरोध गरेको अध्यक्षले रतिले बताइन् ।
गाउ“पालिकाले सिस्नु उत्पादनलाई ‘अर्गानिक सटिफिकेशन’ गर्ने र ब्राण्ड बनाउनेबारे छलफलमा राखेको छ । चालु अािर्थक वर्षमा ४८ लाख कृषिमा बजेट छुट्याएको इन्द्रावती गाउ“पालिकाले क्याण्डी, सिस्नु जस्ता नमुना उत्पादनलाई प्रोत्साहन गर्न कार्यक्रम ल्याएको इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले बताए । ‘सिस्नुलाई अर्गानिक सटिफिकेशन र ब्राण्ड बनाउने योजना बनाएका छौ,’ गाउ“पालिका महासंघका महासचिवसमेत रहेका तामाङले भने, ‘महिला दिदीबहिनीहरुको व्यवसायिक लगावलाई सहयोग गर्नेछौं ।’ उनले प्रक्रिया पु¥याएर अर्गानिक ब्रान्ड नाम दिई स्वदेशदेखि अमेरिकासम्म बजार खोज्न पहलकदमी लिने बताए ।
इन्द्रावती गाउ“पालिकाले कृषि विकास कार्यक्रमअन्र्तगत विभिन्न अभियानलाई तीव्र रुपमा लगिरहेको जनाएको छ । एक घर एक करेसाबारी कार्यक्रम ल्याएर इन्द्रावतीलाई कृषिबाट आत्मनिर्भर बनाउने प्रयासमा जनप्रतिनिधि जुटेका छन् । गाउँपालिकाले गाउँमै उद्यमी महिला बढाउन विविध कार्यक्रमहरुसमेत राखेको छ ।

कारोबार दैनिकबाट


क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!