Techie IT
Sunday, October 25,2020 / आईतबार, कात्तिक ९, २०७७
×
गृहपृष्ठसमाचारभोटसिपा दुर्घटना : मृतक परिवारलाई घरमै पुगेर आर्थिक सहायता

भोटसिपा दुर्घटना : मृतक परिवारलाई घरमै पुगेर आर्थिक सहायता


भोटसिपा, ४ कात्तिक ।
इन्द्रावती गाउँपालिका १० भोटसिपामा भएको बस दुर्घटनामा मृत्यु भएको परिवारलाई घरमै पुगेर आर्थिक सहायता प्रदान गरिएको छ । असोज २४ मा भएको दुर्घटनाका मृतक परिवारलाई किरिया खर्चका लागि इन्द्रावती गाउँपालिकाले घरमै पुगेर जनही २५ हजार उपलब्ध गराएको हो ।
गाउँपालिका अध्यक्ष बंशलाल तामाङले मृतकका परिवारमा समवेदना प्रकट गर्दै गाउँपालिकाको तर्फबाट किरिया खर्चका लागि रकम सहयोग गरिएको जानकारी दिए । उनले पछि आवश्यक सहयोग गरिने जनाउँदै यो सहयोग तत्कालका लागि भएको बताए । मृतक परिवारलाई आर्थिक सहायता प्रदान गर्न अध्यक्ष बंशलालसँगै उपाध्यक्ष मिरा अधिकारी लामा, वडाअध्यक्ष जीवन थापामगरलगायत जनप्रतिनिधि, गाउँपालिकाका कर्मचारीहरु मृतक परिवारको घरमा पुगेका थिए ।
इन्द्रावती गाउँपालिका १० भोटसिपास्थित बडहरे चोकमा भएको बस दुर्घटनामा परि ११ जनाको मृत्यु भएको थियो । इन्द्रावती गाउँपालिका ९ सिपाटारबाट काठमाण्डौंका लागि छुटेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस सडकबाट २ सय मिटर तल खस्दा चालकसहित ११ यात्रुको मृत्यु भएको हो ।


घटनास्थलमै मृत्यु हुनेमा काभ्रे बनेपाका चालक केदार महाजु, काभ्रे पाँचखालकी संगीता पुर्काेटी, इन्द्रावती ९ का हिरा श्रेष्ठ, सोही स्थानका बिनोद लम्साल, इन्द्रावती १० का रितेश आचार्य रहेका छन् । इन्द्रावती १० माइती भई हाल ललितपुरकी संगीता श्रेष्ठको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु थियो । उपचारको क्रममा धुलिखेल अस्पतालमा इन्द्रावती ९ की ४६ वर्षिया जुनादेवी लम्साल इन्द्रावती १० का २० वर्षिय गणेश तामाङ, इन्द्रावती १० का मिना मगर, सुवास तामाङ र सुमित पुर्कोटीको मृत्यु भएको हो ।


गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङले हेलिकोप्टरबाट घाइतेको उद्धार गरि उपचारका लागि धुलिखेल र राजधानी लगेका थिए । उनले दुर्घटना लगत्तै एभरेष्ट एअरको हेलिकोप्टर चार्टर गरि घाइतेको उद्धार गरेका हुन् ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस