Techie IT
Saturday, April 17,2021 / शुक्रबार, वैशाख ३, २०७८
×
गृहपृष्ठसमाचारमिनि ट्रकको ठक्करबाट एक बालकको मृत्यु

मिनि ट्रकको ठक्करबाट एक बालकको मृत्यु


मेलम्ची, २ कात्तिक ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ७ दुवाचौरमा मिनि ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मेलम्ची बाट दुवाचौर ढुङ्गा बोकेर जादै गरेको बा ५ ख २९५४ नम्बरको मिनि ट्रककले ठक्कर दिदा सोहि गाडिका धनि कृष्ण श्रेष्ठका छोरा वर्ष १३ का राजन श्रेष्ठको मृत्यु भएको हो ।

मृतक बालक गाडि धनिकै छोरा रहेको जिल्ला प्रहरी कार्यलय सिन्धुपल्चोकका सुचना अधिकारी एंव डिएसपि माधव काफ्लेले जानकारी दिए । अहिले मृतक बालकको शव प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीमा राखिएको र मिनि ट्क तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस