Techie IT
Saturday, December 5,2020 / शनिबार, मंसीर २०, २०७७
×
गृहपृष्ठपर्यटनपर्यटकीय धार्मिक गन्तव्य तातोपानीमा स्नान मेला सुरु

पर्यटकीय धार्मिक गन्तव्य तातोपानीमा स्नान मेला सुरु


तातोपानी, १ कात्तिक ।
जिल्लाको भोटेकोशी गाउँपालिकास्थ्ति तातोपानीमा पर्ने धार्मिक तथा पर्यटकीय गन्तब्यमा रुपमा लिइएको तातोपानी धारामा स्नान मेला सुरु भएको छ । हरेक वर्षको कात्तिक र चैतमा लाग्ने विशेष स्नान मेला यो वर्षको सुरु भएको हो ।
प्राकृतिक रुपले नै ४४ डिग्री सेन्टिग्रेडको तातोपानी आउने यहाँको पानीमा स्नान गर्न तीर्थालुहरु आउने गरेका हुन् । यहाँको पानीमा स्नान गरे छाला, हड्डीलगायत विभिन्न रोगहरु निको हुने विश्वास भएकाले तीर्थालुहरु स्नान मेलामा आउने गर्दछन् । बाह्रै महिना मुलबाट तातोपानी आउने भएपनि कात्तिक र चैतमा विशेष मेला लाग्ने गरेको छ ।
धार्मिक तथा आकर्षक पर्यटकीय स्थलको रुपमा परिचित तातोपानी धारामा पछिल्लो समय बाथरोगीहरुको हितलाई ध्यानमा राखी स्वीमिङ पुलको व्यवस्था गरिएको छ । तातोपानी धारा व्यवस्थापन समितिका विष्णु श्रेष्ठकाअनुसार पारिवारिक वातावरणमा नुहाउनेहरुका लागि अतिरिक्त शुल्कमा नुहाउने प्रवन्धसमेत छ । उनले सामुहिक रुपमा नुहाउन ७ वटा धारामध्ये महिला र पुरुषका लागि छुट्टाछ्ट्टै व्यवस्था रहेको जानकारी दिए ।
स्नान मेला अवधिभर कम्तीमा दैनिक ५ सय भन्दा बढी तीर्थालु आउने अपेक्षा समितिको छ । कात्तिक महिनाभर लाग्ने मेला भर्न राजधानीलगायत विभिन्न जिल्लाबाट तीर्थालुहरु आउने गरेका छन् । धारामा स्नानन गर्न विदेशीहरुको समेत बाक्लो भीड लाग्ने गर्दछ ।
रोगहरु निको हुने विश्वास भएकाले तातोपानीमा नुहाउनेको भीड लाग्ने गरेको हो । बाह्रविसेका सागर शेर्पाले आफूलाई जिउ दुख्ने रोग भएकाले तातोपानी धारामा स्नान गर्ने गरेको बताए ।
यहाँ नुहाएपछि रोग निको हुन्छ भन्ने सुनेर आएको उनको भनाई छ । तातोपानी धारामा स्नान गर्नका लागि टाढाबाट गाडी रिजर्भ गरेरसमेत तीर्थालुहरु आउने गरेका छन् । यहाँ आएका भक्तजनहरु अघिल्ला वर्षमा स्नान गरेपछि आफ्नो रोगमा कमी आएकाले फेरि आएको बताउछन् ।


क्याटेगोरी : पर्यटन, समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस