Techie IT
Wednesday, May 12,2021 / बुधबार, वैशाख २९, २०७८
×
गृहपृष्ठसमाचारधारिलो हतियार प्रयोग गरेर हत्या

धारिलो हतियार प्रयोग गरेर हत्या


मेलम्ची, १ कात्तिक ।
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ५ गुन्सामा धारिलो हतियार प्रयोग गरेर गए राति एक युवाको हत्या भएको छ । पाँचपोखरी थाङ्पालगाउँपालिका बिजय गोलेको गए राति हत्या भएको प्रहरीले जनाएको छ ।
राति सवा दस बजे हत्या भएको इलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरिक्षक महेन्द्र दर्नालले जानकारी दिए । सोहि गाउँपालिकाकै बर्ष २३का मिलन स्याङ्बो र बर्ष २४का बम बहादुर स्याङबोले हत्या गरि फरार भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीको भनाई छ । फरार रहेका २ अभियुक्तको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका डिएपसी माधब प्रसाद काफ्लेले बताए । हिजो दिउसो सामान्य विबाद भएको त्यहि विबादलाइ लिएर बेलुका माधक पदार्थ सेवन गरि हत्या गरेको हुन सक्ने प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस