गृहपृष्ठ ∕ समाचार ∕ भोटसिपा बस दुर्घटना : मृत्यु हुनेको संख्या १२ पुग्योे (अपडेट) भोटसिपा बस दुर्घटना : मृत्यु हुनेको संख्या १२ पुग्योे (अपडेट) Sindhu Khabar असोज २४, २०७६ गते ११:०४ मा प्रकाशित भोटसिपा, २४ असोज । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका १० भोटसिपास्थित बडहरे चोक भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । इन्द्रावती गाउँपालिका ९ सिपाटारबाट काठमाण्डौंका लागि छुटेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस सडकबाट २ सय मिटर तल खस्दा चालकसहित १२ को मृत्यु भएको हो । दुर्घटनामा पचास बढी घाइते रहेको स्थानीय राजेन्द्र आचार्यले जानकारी दिए । पाँच जनाको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो । पाँच जनाको घटनास्थलमा र दुईको उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलमै मृत्यु हुनेमा काभ्रे बनेपाका चालक केदार महाजु, काभ्रे पाँचखालकी संगीता पुर्काेटी, इन्द्रावती ९ का हिरा श्रेष्ठ, सोही स्थानका बिनोद लम्साल, इन्द्रावती १० का रितेश आचार्य रहेका छन् । त्यस्तै उपचारको क्रममा धुलिखेल अस्पतालमा इन्द्रावती ९ की ४६ वर्षिया जुनादेवी लम्साल इन्द्रावती १० का २० वर्षिय गणेश तामाङको मृत्यु भएको हो । घाइतेको हेलिकोप्टरबाट उद्धार गरिएको छ । प्रदेश नं. ३ का सामाजिक विका मन्त्री युवराज दुलाल र इन्द्रावती गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङले हेलिकोप्टरबाट घाइतेको उद्धार गरि उपचारका लागि धुलिखेल र राजधानी लगेका हुन् । दुलालले सेनाको र वंशलालले व्यक्तिगत रुपमा हेलिकोप्टर चार्टर गरेका हुन् । क्षतिको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । क्याटेगोरी : समाचार, समाज ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ७ चैतमा पत्रकार महासंघकाे निर्वाचन, सिन्धुपाल्चोकबाट ९४ ले मतदान गर्ने दसकअघिदेखिको चौतारा घेर्ने रिङरोड निर्माण अझै अपुरो पानी पठाएर गरियो मेलम्चीको सुरुङ परीक्षण भब्य भवनमा बाह्रविसे प्रहरी धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे